दुबईमा १७ औं विश्व आदिवासी दिवस २०६८ भव्य रुपमा मनायो

- लालबहादुर ढेंगा

दुबई । हिजो १२ अगष्ट शुक्रबारका दिन दुबईको याक एण्ड यतिू ३ तारे रेष्टुरेण्टमा नेपाली आदिवासी जनजाति महासंघ युएईको आयोजनामा १७ औं विश्व आदिवासी दिवस २०६८ विधिवत रुपमा सम्पन्न हुनुका साथै गिरमान थापाको अध्यक्षतामा २० सदस्यीय नयां कार्यसमितिको पनि चयन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता जनजाति महासंघ युएईका भुपू अध्यक्ष भुवन राईले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु समाजसेवी बुद्धिजिवी र पत्रकारहरु रहेका थिए ।

एनआरएन एनसिसी युएईको अध्यक्षमा समाजसेवी चन्द्र रोकाहाद्वारा उम्मेदवारी घोषणा

एनआरएन एनसिसी युएईको अध्यक्षमा समाजसेवी चन्द्र रोकाहाद्वारा उम्मेदवारी घोषणा

उमाकान्त पाण्डे "गाउंले"
  
- यूएई डेस्क - एनआरएन एनसिसी युएईका वर्तमान उपाध्यक्ष चन्द्रबहादुर रोकाहाले आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन। उनले एक विज्ञप्ति जारी गर्दै आगामी १९ अगस्टमा हुने अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै सहयोगको अपेक्षा समेत गरेका छन।

समाजसेवी कृष्ण ढकाल लाई पित्री शोक/संघसस्था द्वारा समवेदना प्रकट

- उमाकान्त पाण्डे "गाउंले" 
यूएईमा लामो समय यता कार्यरत समाजसेवी एवम नेपाली समाज यूएईका वर्तमान अध्यक्ष कृष्ण ढकाल पित्री शोकमा परेका छन। उता नेपाली महिला समिती यूएईकी अध्यक्ष श्रीमती राधा ढकाल समेत पित्री शोकमा परेकी छन। यसै बिच नेपाली समाज यूएईका सचिव उमाकान्त पाण्डे गाउले द्वारा जारी गरिएको एक श्रदान्जली पत्रमा जनाए अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका ढुङ्गे साहु टुटुङगा निवासी श्री मान बहादुर ढकालको गत बिहीवार ७१ वर्षको उमेरमा असामयिक निधन भएको भन्दै १३ दिन शोक मनाउने निर्णय गरेको छ।

मध्यपुर्वका कुवेत र यूएई दुतावास बिबादमा

मध्यपुर्व डेस्क


यूएई दुतावास जस्तै अब कुवेत दुतावास पनि बिबादको घेरामा परेछ ...यि पत्रकारका आँखा र कलम हरु यूएई दुतावासमा आयोजित एक कार्यक्रममा पत्रकार लाई प्रवेश रोक लगाएको तथा अन्य घटनाको पर्दाफास भएको समाचार सेलाउन नपाउदै मध्यपुर्वको अर्को अरबी खाडी मुलुक कुवेत स्थित दुआवास र त्यहाका राजदुत बिबादमा मुछिएका छन।

यूएई दुतावासमा किन प्रवेश पाएनन् पत्रकारले? - एक बिश्लेशण

यूएई डेस्क 


एउटा संस्थालाई उचालेर अर्कोमाथि खन्याउँदै आफ्नो कमजोरीलाई ढाकछोप गर्ने राजदूतको कार्यशैली कार्यकालभरिनै चलि रह्यो । यही मार्चमा दूतावासमा संचालित नेपाली समाजको पदभार हस्तान्तरण समारोहको भिडियो रेकर्डिङ तथा फोटो खिचिरहेका पत्रकारहरुले सार्वजनिक रुपमै �मेरो घरमा आएर मेरै भिडियो खिच्ने�भन्दै हप्काए।यस अघि सम्म आफ्नों विरोधमा बोल्ने जोसुकैलाईपनि �डिपोर्ट गरिदिन्छु� भन्ने धम्की सुनेका पत्रकारहरुले यस पटक पनि सत्य तथ्य बाहिर ल्याउन डराएनन्।निर्वाध रुपमा समाचार लेखेर विरोध जनाए।

युएईमा सुगम पोख्रेलका दुई दिन सम्म कन्सर्ट हुँदै

यूएई डेस्क

नेपाली पप गायक सुगम पोख्रेलका दुई दिन सम्म सास्कृतिक कार्यक्रम हुने भएका छन।पप एन्ड रक म्यूजिक पारखीहरुकोलागि एडभान्स ग्रुपको सहयोगमा जी २१ ले आउँदो विहिवार बेलुकी (२ जुन) अबुधावीको फुडलैंण्डमा र शुक्रवार वेलुकी दुबईमा कन्सर्टको आयोजना गर्ने भएको हो।'मेरो एउटा साथी छ,सबै भन्दा माथि छ'�रुन्न भन्थे कहिलै तर''आज हेर आज आँसु खस्यो��उडिजाने धुलोलाई आँखामा नबसाऊ�जस्ता चर्चित गीतका गायक सुगम पोख्रेलका पप आवाजहरु युएईमा घन्किने भएका हुन।

यूएई दुतावासमा पन्चायती शैलीमा गणतन्त्र दिवस मनाइयो-पत्रकारले प्रवेश पाएनन

यूएई डेस्क - जेठ १५ गते देशभरि गणतन्त्र दिवस मनाइयो।सहिदको संझना गरियो र जनआन्दोलनका सहकर्मी, सहयोद्धाहरुको सम्मान र संझना गरियो।तर नेपाली दुतावास युएईले आयोजना गरेको गणतन्त्र दिवसमा भने एउटै पत्रकार पनि उपस्थित भएनन्।निमन्त्रणा नपाए पनि समाचार सकंलनका लागि पुग्ने अर्घाखाँची डट्कम् का प्रतिनिधि लगायत अन्य स्वतन्त्र पत्रकार हरु पनि प्रवेश गर्न नपाउने भए पछी बाटै देखी फर्किए।दुतावास पुगेका कतीपय सर्वसाधारण नेपालीहरु प्रवेश नपाए पछी फिर्ता आउन वाध्य भए।अबदेखी दुतावासमा दुतावासको पत्र नभै प्रवेश नपाउने भएका छन।