नेपाली समाचार केन्द्र यूएईको नियमित बैठक सम्पन्न

उमाकान्त पाण्डे गाउले

सम्युत अरब एमिरेट्स यूएईको जेष्ठ संचार सस्था नेपाली समाचार केन्द्र यूएईको नियमित बैठक हिजो बुधवार बर दुबई स्थित केन्द्रका सल्लाहकार तथा केन्द्रको प्रकाशनमा प्रकाशित हुने पाक्षिक पत्रीकाका प्रधान सम्पादकको निवास बरदुबईमा बस्यो ।

सस्थाका संरक्षक प्रकाश मानन्धरको अधक्ष्यता,पत्रीकाका सल्लाहकार एल.एन. सुवेदी,प्रधान सम्पादक लाल बहादुर ढेंगा,कार्यकारी सम्पादक मानबहादुर थापाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन केन्द्रका महासचिव तथा पत्रिकाका सम्पादक उमाकान्त पाण्डे गाउलेले गरेका थिए ।

सो सम्पन्न बैठकले आफ्नो केही भावी योजना तयार एवम केही महत्वपूर्ण निर्णय समेत गरेको छ भने बिभिन्न कारण बाट रीत्तहुन पुगेका केही पद पुर्ती समेत गरेको छ । पुरानो पद यथावत राख्दै उपाधक्ष्यमा द्वय क्रमश:दुबई क्षेत्र बाट श्याम प्रशाद शर्मा तथा आबुधाबी क्षेत्रबाट चेतन कार्की 'चन्द्रचेतु' लाई जिम्मेवार दीईेको छ भने आबुधाबी क्षेत्रको प्रमुख ब्यबस्थापकमा प्रशिक्षार्थी पत्रकार शालिकराम पन्थलाई नयाँ जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी समाचार केन्द्रको महासचिवमा उमाकान्त पाण्डे गाउले र कोषाधक्ष्यमा भुपराज बस्याललाई तोकिएको छ भने केन्द्रका सस्थापक सकृय सदस्य श्याम प्रशाद शर्मालाई सम्योजन सम्पादकको रुपमा थप्नुका साथै सालीक राम पन्थ,कृष्ण जिसी, आबुधाबी र गीतामणी पाडे दुबई लाई सदस्यमा मनोनयन समेत गरिएको छ ।

बैठकले निकट भबिश्यमा पत्रीकाको अन्लाईन सस्करण प्रकाशन गर्ने तथा अन्लाईन अकंको बिमोचन भब्य कार्यक्रमका बिच जनवरीमा गर्ने योजना तर्जुमा गरेको छ । यूएईमा रहेका नेपाली प्रवासीहरुको खबरलाई सक्दो छिट्टो प्रकाशन गरी जनमानसमा पुराउन यूएईमा अन्लाईन संचार माध्यमको आबश्यक परेको भन्ने बिभिन्न संघसस्थाको अनुरोधमा नेपालीसमाचार यूएई डट्कम् सन्चालन गर्ने सोच बनाइ प्रकृया अगाडि बढीसकेको जनाइएको छ । यूएईका प्रवासी खबर तथा नेपाली समाचार पाक्षिक पत्रीकालाई आफ्नो वेबसाइट मार्फत विश्व सन्जालमा पुराएर ठुलो सहयोग गरेकोमा अर्घाखाँची डट्कम् तथा नेपाल अरब डट्कम् लाई बैठकले आभार ब्यत्त गरेको छ ।