सिएनएन हिरोमा बिजयी अनुराधा कोइरालाई हार्दिक बधाई -नेपाली महिला समिती यूएई - प्रेस बिज्ञप्ती

लामो समयसम्म समाजसेवामा लागेर विश्वभर आफ्नो अलग पहिचान बनाउनु भएकी माईती नेपालकी सस्थापक तथा वरिस्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालाले विश्व प्रख्यात संचार सस्था सिएनएन बाट वार्षिक रुपमा प्रदान गरिदै आएको संसारको सबै भन्दा उच्च उपाधी चुम्न सफल हुनु भएकोमा नेपाली महिला समिती समाज यूएई हार्दिक शुभकामना ब्यत्त गर्दछ ।

सम्युत अरब एमिरेट्समा बिभिन्न पेशामा कार्यरत महिलाहरुलाई समेत बिगतमा परेका समस्याहरु सँग मध्यस्तकर्ताको रुपमा कार्यरत अनुराधा कोइरालाको उच्च मुल्याकनं देश भित्र मात्र नभएर विश्व भर भएको उदाहरण अहिले कोइराला ले प्राप्त गरेको उपाधीले नै पुस्टी गरेको छ । मेरो परिवारका सदस्यको निस्चित आकार छैन यो कहिले ठुलो कहिले सानो हुनेगर्छ किनकी मेरो परिवार विश्वहो जो दु:खमा परेको छ उस्लाई मैले सहयोग गर्न पाउनु मेरो भाग्य हो । यो महान भनाइकी उद्दघोशिका अनुराधा कोइराला को यो बिजय ले उनीलाई मात्रा होइन नेपाल राष्ट्र लाई नै विश्व भर इज्जत प्रदान गरेको छ ।
नेपाल जस्तो अवीकसित तथा महिलाहरु पिछडिएको र शोषित वर्गमा महिलाहरु रहेको नाम बाट कहलिएको राष्ट्रमा फरक पहिचान र उच्च स्तरिय बुद्दिजिवी त्यसमा पनि महिला जस्ले विश्वलाई जित्न सक्छ भन्ने उद्दाहरण देखाएकोमा समाजसेवी तथा सिएनएन हिरो उपाधी बिजेता अनुराधा कोइराला लाई हार्दिक बधाई ज्ञापन गर्दछौ । साथै यो प्राप्त उपाधी ले सदैव उहाको मुल्याकन समाजले गरिरहोश । साथै कोइराला ले गर्दै आउनु भएको सामाजिक क्षेत्रको कामलाई थप निरन्तरता दिदै जानु होला भन्ने कामना ब्यत्त गर्दछौ ।

राधा ढकाल 
 अधक्ष्य                                                                             साबित्री एम्सी
                                                                                        महासचिव                                                                          
           एवम नेपाली महिला समिती यूएई परिवार