नेपाली काग्रेसको अन्तरास्ट्रिय भात्री संगठन जनसंपर्क समितिका अत्यधिक पादाधिकारी-बिभिन्न क्षेत्रिय समिती प्रतिनिधिहरुको उपस्थितीमा यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा,समाजसेवी कृष्ण ढकाल,तथा यहाँ स्थित पत्रकारहरुको जमघटमा नेपाल बाट आएकी मन्त्री कोइरालाले मृत्यदण्ड पाएका नेपाली अम्मर बहादुर बमका बिषयमा चासो लिएर सोधपुछ गरेकी थीईन।
नेपालको स्थाइ घर दार्चुला जिल्ला धारी गावीस घर भएर यूएईमा सन २००३ मा आएका अंमर बहादुर बम अहिले हत्या प्रकरणको आरोपमा म्रुत्यदण्ड पाएर जेल जीवन बिताइरहेको सन्धर्भमा मानविय उद्दारका लागि नेपाल सरकार किन ढिला?भन्ने आफ्नो स्वइच्छाले सहयोग गर्नका लागि लागि परेका समाजसेवी कृष्ण ढकालको जिज्ञासामा मन्त्री कोइरालाले यस् सम्बन्धमा यूएई स्थित नेपाली कुटनितिक नियोग मार्फत प्रकृया अगाडि बडाउन तोक आदेश सहित नेपाल सरकार बाट पत्र काटी सकिएकोले के कती कारणले ढिलाई भयो भन्ने सम्बन्धमा मन्त्री कोइरालाले यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा सग चासो लिएर सोधपुछ गरेकी थिईन।
तस्विर सौजन्य:जनसंपर्क समिती यूएई