यूएईमा मृत्‍युदण्ड सुनाइएका बम को बिषयमा ठोस् कार्य गर्न पररास्ट्र बाट निर्देशन

उमाकान्त पाण्डे गाउले र मान बहादुर थापा-यूएई-दुबइ१७-जनवरी २०११-उपप्रधान तथा पररास्ट्र मन्त्री सुजाता कोइरालाले सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा म्रुत्युदन्डको सजाय पाएर सन २००३ देखी जेल जीवन बिताइरहेका एक नेपाली कामदार माथि कानुनी प्रकृया मा गएर सहयोगका लागि सक्दो पहल गर्न यूएई स्थित दुतावासलाई बिशेष निर्देशन दिएको थाहाहुन आएको छ।गत हप्ता यूएई भ्रमणमा दुबइ आएकी मन्त्री कोइरालाले जनसम्पर्क समिती यूएईको आयोजनामा आयोजित एक अन्तर्कृयात्मक कार्यक्रममा सो निर्देशन दिएकी हुन।
नेपाली काग्रेसको अन्तरास्ट्रिय भात्री संगठन जनसंपर्क समितिका अत्यधिक पादाधिकारी-बिभिन्न क्षेत्रिय समिती प्रतिनिधिहरुको उपस्थितीमा यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा,समाजसेवी कृष्ण ढकाल,तथा यहाँ स्थित पत्रकारहरुको जमघटमा नेपाल बाट आएकी मन्त्री कोइरालाले मृत्‍यदण्ड पाएका नेपाली अम्मर बहादुर बमका बिषयमा चासो लिएर सोधपुछ गरेकी थीईन।

नेपालको स्थाइ घर दार्चुला जिल्ला धारी गावीस घर भएर यूएईमा सन २००३ मा आएका अंमर बहादुर बम अहिले हत्या प्रकरणको आरोपमा म्रुत्यदण्ड पाएर जेल जीवन बिताइरहेको सन्धर्भमा मानविय उद्दारका लागि नेपाल सरकार किन ढिला?भन्ने आफ्नो स्वइच्छाले सहयोग गर्नका लागि लागि परेका समाजसेवी कृष्ण ढकालको जिज्ञासामा मन्त्री कोइरालाले यस् सम्बन्धमा यूएई स्थित नेपाली कुटनितिक नियोग मार्फत प्रकृया अगाडि बडाउन तोक आदेश सहित नेपाल सरकार बाट पत्र काटी सकिएकोले के कती कारणले ढिलाई भयो भन्ने सम्बन्धमा मन्त्री कोइरालाले यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा सग चासो लिएर सोधपुछ गरेकी थिईन।


बिभिन्न राजनितिक पार्टीका यहाँ स्थित अन्तराष्ट्रिय भात्री सगंठन हरुले उपप्रधान तथा पररास्ट्र सुजाता कोइराला एवम श्रम मन्त्री मोहम्मद अफ्ताव आलम लाई सो म्रुत्युदण्ड समबन्धमा सहयोग एवम नेपाली लाई बचाउन पहल गरिदिन आग्रह गर्दै कानुनी प्रकृयामा अगाडि बड्न नेपाल सरकारको अधिकारिक पत्र आबश्यक हुने भएकोले सम्युत्त रुपमा ज्ञापन पत्र बुझाउने तयारीमा रहेको अवस्थामा पररास्ट्र बाट पत्र पठाइसकेकोले ज्ञापन पत्र नबुझाई सो सम्बन्धमा भेटघाट र छलफल गरेका थिए।

तस्विर सौजन्य:जनसंपर्क समिती यूएई