ओमान नेपाली एकता समाजको प्रथम बार्षिक भेला भब्यताका साथ सम्पन

-शालिक राम आचार्य  ओमान  - मस्कट     १०, दिसेम्बर   20१0 -   नेपालीहरुको हरेक सुख दुखमा हाते मालो गर्दै हरेक कुनामा रहेका नेपालीको आँशु पुछदै बढेको गरीब नेपालीको पहिलो चाहाना बन्दै गएको नेपाली एकता समाजले आफ्नो चिनारी गराउदै ओमान नेपाली एकता समाज को चौथो स्थापना
दिवसको अवसरमा प्रथम बार्षिक भेला  भब्यताका साथ सम्पन गरेको छ ।
 भेलाको अध्यक्षता ओमान नेपाली एकता समाज का उपाध्यक्ष संजय के. सी.र सचिब शालिक राम आचार्य ले संचालन गर्नु भएको थियो।प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य शोभाकान्त लामीछाने रहनु भयको थियो,भने ओमान प्रबासी नेपाली महिला संघकि अध्यक्ष तथा"प्रवाशी आवाज"की रिपोर्टर मुना नेपाल श्रेस्ठ,सगरमाथा समूहका अध्यक्ष सागर अधिकारी,एन.आर.एन.ए ओमान का सल्लाहाकार देव नारायण तिवारी ,एन.आर.एन.ए ओमानका प्रवता डी. बी.क्षेत्री,नेपाली समाज ओमानका प्रतिनिधी देवी लामा,ओमान नेपाली एकता समाज को घाला एरिया समितिका अध्यक्ष सोमे तामांग र ओमान नेपाली एकता समाज अल-खोइएर एरिया समितिका अधक्ष्य धन बहादुर क्षेत्री उपस्थिति हुनु भएको थियो ।
 
भेलामा ओमान नेपाली एकता समाज केन्द्रीय समितिको पहलमा श्रीजनसिल सांस्कृति परिवार को स्थापना गरेकोछ,जसको अधक्ष्यमा सीव लाल गिरि,उपाध्यक्ष नमराज आचार्य,सचिब मुना नेपाल श्रेष्ठ,कोषाधक्ष्य भिमलाल गिरि हुनुन्छ । सदस्यहरुमा हेम आचार्य,मधु गुरुङ,विष्णु अर्याल,धन बहादुर श्रेष्ट,कृष्ण मगर रहनु भएको समाचार मा जनाइेको छ ।

भेलामा पुरानो समीतीलाई भंगगरि  नवकार्य समिति गठन गरिएको छ । जसमा ओमान नेपाली एकता समाज केन्द्रीय समितिका अधक्ष्य  अन्तराष्ट्रिय नेपाली एकता समाज का केन्द्रिय सदस्य शोभाकान्त लामीछाने चुनिनु  भएको छ ।

ओमान नेपाली एकता समाज केन्द्रीय समिति मा पदाधिकारीहरु अधक्ष्य,उपाधक्ष्य,महासचिव,सचिव,सह-सचिव,कोषाअधक्ष्यमा क्रमश: शोभाकान्त लामिछाने,संजय के.सी.,शालिकराम आचार्य,धन बहादुर क्षेत्री,शिवलाल गिरि,बिष्णु अर्याल चुनिनु भएको छ । यसैगरि  सदस्यहरुमा  पर्भु नारायण चौधरी,तुलसीराम जैसी,रमेश रानाभाट,लोक बहादुर थापा,भिमलाल गिरि,नमराज आचार्य,गोबिन्द भुसाल चुनिनु भएको छ । सल्लाहकारमा  धन बहादुरश्रेष्ट र सोमे तामांग हुनुहुन्छ बैकल्पिक सदस्यमा दिपक कुँवर र छबिलाल जैसी रहनु भएको छ ।
नव पदाधीकारीहरु लाई सुभकामना दिदै धन बहादुर क्षेत्रीले भेलामा अन्य बिभिन्न संघसंस्था बाट आउनु भएका प्रवाशीहरु लाई स्वागत गर्नु भएको थियो । अन्तराष्ट्रिय नेपाली एकता समाज ले पठाएको शुभकामनापत्रहरु शोभाकान्त लामिछानेले पढेर जनसमुह माझ राख्नु भएको थियो ।

मुलप्रवाह,अखिल भारत नेपाली एकता समाज नगर समिति कोइम्बुतुर,तमिलनाडू ,नेपाली एकता समाज कतार लगायतका पत्रहरु सामिल गर्नु भएको थियो । साथै भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथी शोभाकान्त लामिछानेले देशको जल्दोबल्दो समस्याको  बारेमा प्रकाश पार्नु भएको थियो ।
भेलामा श्रीजनसिल सांस्कृति परिवार द्वारा जन गीत तथा निर्त्य प्रस्तुति गरिएको थियो । जहाँ नमराज आचार्य र भिम लाल गिरिको निर्त्य ले छाप छोडेको छ । भने मुना नेपाल श्रेष्ट,शिवलाल गिरि,मधु गुरुङ लगायत का कलाकारको प्रस्तुतिले हल गुन्जामयन भएको थियो ।
भेलामा नेपालकी सबैभन्दा अग्ली महिला शर्मिला चौधरीको सहयोग स्वरुप ओमानी रियल १७ मुना नेपाल श्रेष्ट लाई बुझाइएको थियो ।

ओमानमा चोरीको आरोपमा परेकी नेपाली महिला तुलशी लामिछाने र रन्जना परियार लाई जेल बाट नीकाली नेपाल फर्काउन कसरी पहल गर्ने भन्ने बिषयमा छलफल गरिनु का साथै  यस् बिषयमा सबै नेपाली एक भएर सहयोग गर्नु पर्ने सबै को धारणा रहेको पाइयो ।
बिगत ११ महिना देखी बिच्चल्ली भएका भिम बहादुर लगायतका बिषय तथा अन्य सबै कामको लागि ओमनमा नेपाली राजदुतावास को अत्यन्त आब्श्यक्त्ता भएकोले त्यस तर्फ सम्बन्धित निकाय को ध्यान केन्द्रित गर्नु पर्ने आब्श्यक्ता रहेको भनाइ त्यहा बोल्ने अधिकाशं वत्ता हरु को पाइयो ।
नेपाली एकता समाज को यस् प्रकारको कार्यक्रमले ओमानका प्रवासी नेपालीको दिलमा अमिट छाप छोडेको अनुभव दर्शकहरुको थियो ।मस्कटको अल-खोइएर एरियामा यस प्रकारको कार्यक्रमहोला भनी आफु हरुले सोच्दै नसोचेको कार्यक्रम उपस्थित सर्वसाधारणको थियो ।

कार्यक्रमको आकर्षण नै रक्तिम परिवारका गीत र निर्त्यनै थिए।लगभग सबै गीत र निर्त्य लाई प्रशंशा गरिएको थियो ।

कार्यक्रममा  दर्शकहरुको ठुलो उपस्थिति थियो ६०/७० जना को लक्ष्य राखेको हल मा १२५  भन्दा धेरै दर्शकहरु हुदा आगामी दिनमा अलि ठुलो हल मा कार्यक्रम गर्ने सुझाब र विचार आयोजकले लिएको छ ।