प्रवासी नेपाली संघ यूएई अन्तर्गत युवा सगंठनको घोषणा/एमालेका यूवा नेता महेश बस्नेत यूएई आउने

उमाकान्त पाण्डे गाउले-दुबइ-यूएई-

प्रवासी नेपाली संघ यूएईले आफ्नो केन्द्रिय कमिटि मातहतमा रहने गरि गत शुक्रबार यूएईको  राजधानी शहर आबुधाबीमा संघका बिभिन्न केन्द्रिय पदाधिकारीहरु,संगठन विभागका पदाधिकारीहरु,विभिन्न समन्वय समिति तथा क्षेत्रिय समितिका पदाधिकारीहरु र जागरुक युवा जमातहरुको उपस्थितिमा एक भब्य कार्यक्रमको आयोजना गरी संघका केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख  चोपनारायण श्रेष्ठ इन्चार्ज रहने गरी २५ सदस्यिय प्रवासी नेपाली युवासंघ गठन गरेको छ ।
 नेकपा एमाले निकट अन्तरास्ट्रिय भात्री सगंठनको रुपमा स्थापित प्रवासी नेपाली संघ यूएईमा युवा समुहलाई पनि सगंठित गर्दै जाने उद्देश्यले युवा संघ गठन गरिएको हो ।  

सो नवगठित युवा संघको केन्द्रिय अध्यक्षमा महेश गिरी,उपाध्यक्षमा द्वय आशिष र्राई तथा खुमबहादुर आले,सचिवमा बुद्दी सुवेदी,सहसचीवमा खेमराज पाण्डे  र कोषध्यक्षमा नरमान गुरुङ रहेका छन भने केन्द्रिय सदस्यहरुमा क्रमश बद्रि कार्की,दिपक भण्डारी,शंकर पाण्डे,कुल प्रसाद बस्याल,गणेश न्यौपाने,लोक बहादुर,मोतिलाल,गणेश थापा, सुमन बस्नेत, प्रभु भुजेल,रबि भुजेल,राजन थापा,राजेन्द्र बोहरा,कृष्ण बुढाथोकी,बिकाश कार्की, रमेश र्राई, राज भुजेल  तथा महेश पौडेल रहेका छन । 
 प्रवासी नेपाली संघका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटाको अध्यक्षता,संघका केन्द्रिय संवाद सचीव श्याम पाठकद्दारा संचालित उक्त कार्यक्रममा यूएईमा युवा संघ गठन गर्नुको कारण,यसका कार्यक्षेत्र र अधिकार,भविष्यमा यूएईमा प्रवासी नेपालीहरुको वीचमा खेल्नु पर्ने भुमीका तथा महत्व,यसले ल्याउनु पर्ने अगामी कार्यक्रमहरु तथा समाजसेवाका क्षेत्रमा पुर्याउनु पर्ने योगदान लगायतका विषयमा संघका केन्द्रिय उपाध्यक्षहरु लक्ष्मण सापकोटा तथा भुवन राइ,केन्द्रिय संवाद सचीव श्याम पाठक,केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख चोपनारायण श्रेष्ठ, केन्द्रिय सदस्य गोविन्द प्रसाद खनाल, आबुधाबी  समन्वय समितिका सदस्य दिपक खडका, आबुधाबी क्षेत्रिय समितिका अध्यक्ष र सचीव क्रमश भेषराज ढकाल र उत्तम अधिकारी तथा मुसाफा क्षेत्रिय समितिका अध्यक्ष रामबहादुर भण्डारीले प्रकाश परेका थिए ।

साथै उपस्थित जागरुक युवाहरुवाट सोधिएको विभिन्न प्रश्नहरुको जवाफ संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण सापकोटा तथा भुवन राई केन्द्रिय संवाद सचीव श्याम पाठक,केन्द्रिय सदस्य तथा युवा विभाग प्रमुख चोपनारायण श्रेष्ठ,केन्द्रिय सदस्य गोविन्द प्रसाद खनाल लगायतले दिएका थिए ।

उक्त कार्यक्रममा आगामी २२ डिसेम्बर २०१० का दिन नेपाल राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेत यूएई आउने कार्यक्रम तय भएको र उक्त अवसरमा  प्रवासी नेपाली संघ यूएई केन्द्रिय कमिटिको अगुवाइमा नवगठित युवा संघद्दारा आन्तरिक प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जानकारी समेत गराइएको छ ।