नेपाली राजदूतावास,अवुधावीको मेशिन रिडेवल पासपोर्ट जारी सम्वन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास यूएईले जरुरी सूचना जारी गरी उक्त व्यहोरा सबैको जानकारीको लागि प्रकाशित गरको छ । दूतवासद्वारा जारी गरिएको सूचनामा भनिएको छ नेपाल सरकारको निर्णय बमोजिम अब उप्रान्त मेशिन रिडेवल राहदानी Machine Readable Passport (MRP) जारी ग...रिने भएकोले परराष्ट्र मन्त्रालय र विदेशस्थित सबै नेपाली कुटनीतिक नियोगहरुबाट २०६७ साल पौष ५ गतेदेखि हस्तलिखित राहदानीहरु र पुस्तिका प्रकार (Book Type) को यात्रा अनुमति पत्र ( Travel Document) जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै मेशिन रिडेवल राहदानीहरु अब उप्रान्त नेपाल सकार, परराष्ट्र मन्त्रालय, केन्द्रीय राहदानीको कार्यालयले मात्र जारी गर्न सक्ने भएकोले साविकमा जस्तो विदेशस्थित नेपाली राजदूतावासहरु अथवा कुनै पनि नेपाली कुटनीतिक नियोगहरुबाट राहदानी जारी हुन नसक्ने व्यहोरा पनि जानकारी गराइन्छ । अतः २०६७ साल पौष ५ देखि नयां राहदानीको लागि आवेदन गर्ने नेपाली नागरिकहरुले निम्न बमोजिमका कुराहरुमा ध्यान दिई तोकिएको रित पुर्याई दरखास्त पेश गर्नु पर्नेछ ।

१. मेशिन रिडेवल पासपोर्टको लागि दरखास्त फाराम भर्ने तरिकाः

MRP का लागि निवेदन पेश गर्दा राहदानी दरखास्त फारामलाई कम्यूटरमा टाइप गरी पि्रण्ट गरेर दस्तखत गरी दुबै हातको बुढी औंलाको छाप समेत लगाई दुई प्रति फाराम संलग्न राखी नेपाली राजदूतावास, अ...बुधावीमा दरखास्त पेश गर्नु पर्नेछ । कम्यूटरमा भरी पि्रण्ट गर्न सम्भव नभएमा उक्त फारामलाई गाढा कालो मसीले सफा, शुद्ध र पूर्ण रुपले भरी पेश गर्नु पर्नेछ । दरखास्त फाराम परराष्ट्र मन्त्रालय, केन्द्रीय राहदानी कार्यालयको वेवसाइट http://www.cpo.gov.np/ <http://www.cpo.gov.np/> बाट डाउनलोड गर्न सकिनेछ । दरखास्त फाराम भर्ने तरिका सोही वेवसाइटमा उल्लेख छ । पि्रण्ट गरेको वा भरेको फाराम मात्र मेशिनले पढ्न सक्ने हुंदा फाराम भर्दा वेवसाइटमा दिइएको निर्देशनलाई ध्यानमा राखी उक्त निर्देशन पालना गरी राम्रो र सफासंग फाराम भर्नुहुन अनुरोध छ ।
राहदानी दरखास्त फाराममा भरिने विवरण, औंठा छाप तथा हस्ताक्षर डिजिटल प्रविधिद्वारा स्क्यान गरी राहदानी तयार गर्न प्रयोग गरिने हुंदा फाराम भर्दा केरमेट गर्नु हुंदैन । दरखास्त फाराममा तोकिएको Applicant's Signature भनेको कोठामा गाढा कालो मसिले निवेदकको पूरा दस्तखत गरिएको हुनु पर्दछ । उक्त दस्तखतको डिजिटल प्रविधिद्वारा फोटो लिई निवेदकको राहदानीमा राखिने हुंदा सो दस्तखत निवेदकले सधैं गर्ने दस्तखतसंग मिल्ने र पूर्ण हुनुपर्नेछ । फरक परेमा निवेदक स्वयं जिम्मेवार हुनु पर्नेछ ।

२, मेशिन रिडेवल राहदानीको लागि आवश्यक पर्ने तस्वीरको विवरणः
फोटो : ६ महिना भित्र खिचेको रंगिन
आकारः ४५ मि.मी. x ३५ मि.मी. ( ४.५ से.मी. x३.५ से.मी.)
पृष्ठभूमिः सादा र हलुका रंग
अवस्थिति (Pose): पूर्ण रुपमा अगाडि फर्केको, दुबै कान देखिने, आंखाले क्यामेरा हेरेको, टाउको पूरा र कांघको केही भाग देखिने, छायां + (Shadow) नदेखिने, रातो आंखा ( Red eye) नभएको, साथमा अरु व्यक्ति नभएको, मुख बन्द भएको, चहकिलो रंगको लुगा नलगाएको
स्वरुप(Image) को स्थितिः अनुहारले ७० देखि ८० प्रतिशतसम्म फोटा ढाकेको

गुणस्तरः प्रष्ट(Sharp focused), उच्च गुणस्तरको, नखुम्चिएको, मसी वा दाग धब्बा नलागेको, स्तरीय कागजमा तथा उच्च Resolution मा छापिएको चस्मा प्रयोग गर्नु पर्ने भएमाः आंखा प्रष्ट देखिने, मसिनो फ्रेम, प्रकाश परावर्तन (Reflection) नभएको तथा शिशा रंगीन नभएको
शिरपोशः विशेष धार्मिक, सांस्कृतिक एवं स्वास्थ्य सम्बन्धी कारण बाहेक टाउको खुला हुनु पर्ने
राहदानीको लागि दरखास्त फारामसंगै माथि उल्लिखित विवरण बमोजिमको रंगीन तस्वीर मात्र मापदण्ड बमोजिमको हुने हुंदा मापदण्ड नपुगेको तस्वीर राजदूतावासले स्वीकार गर्ने छैन ।

३, नयां राहदानीको लागि आवश्यक कागजात र दस्तुरः
क, रितपूर्वक भरेको दरखास्त फाराम,
ख, पुरानो राहदानीको सक्कल र फोटोकपी,
ग, नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा फोटोकपी,
घ, तोकिएको मापदण्ड बमोजिमका तीन प्रति रंगीन तस्वीरहरु र
ड., राहदानी दस्तुर वापत दिरहाम ३२०। तिरेको रसिदको पहिलो र दोस्रो प्रति राहदानीको लागि पेश गरेका कागजातबाट थप बुझ्नु पर्ने अवस्था देखिएमा राजदूतावासले निवेदकलाई सक्कलै नागरिकताको प्रमाणपत्र, यूएईको भीसाको प्रतिलिपी, आदि समेत पेश गर्ने आदेश दिन सक्नेछ ।

४, नयां राहदानी प्राप्त गर्न लाग्ने समयः

राहदानीको लागि आवश्यक कागजात सहित रीतपूर्वकको दरखास्त र तोकिए बमोजिमको दस्तुर प्राप्त भएपछि मेशिन रिडेवल राहदानी जारी गर्नका लागि राजदूतावासबाट त्यस्तो कागजात नेपाल सकार, परराष्ट्र मन्त्रालय, केन्द्रीय राहदानीको कार्यालय, काठमाडौं पठाइने छ । केन्द्रीय राहदानी कार्यालय, काठमाडौंमा दरखास्त प्राप्त भएको मितिले ६ देखि ८ हप्ता भित्रमा सो कार्यालयले नयां राहदानी जारी गर्नेछ । राजदूतावासले दरखास्त फाराम काठमाडौं पठाउने र राहदानी जारी भैसकेपछि केन्द्रीय राहदानी कार्यालयले राहदानी यूएई पठाउने समय प्राप्त निवेदन संख्यामा भर पर्नेछ ।

५, राहदानी हराएमाः

हराएको राहदानीको सट्टामा नयां राहदानीको लागि आवेदन गर्दा माथि उल्लिखित कागजातको अलावा स्थानीय प्रहरी कार्यालयले दिएको प्रतिवेदन समेत साथै राख्नु पर्नेछ । तर हराएको राहदानीको म्याद समाप्त भैसकेको भए प्रहरी प्रतिवेदन आवश्यक पर्ने छैन । हराएको राहदानीको सट्टामा नयां राहदानी जारी गर्नु पूर्व हराएको राहदानी नम्वर र जसको नाममा सो राहदानी जारी गरिएको हो सो व्यक्तिको नाम सहितको सूचना नेपाल प्रहरी, नेपालस्थित इन्टरपोल कार्यालय, अध्यागमन कार्यालय तथा नेपालस्थित विदेशी नियोगहरुलाई दिएपछि मात्र केन्द्रीय राहदानी कार्यालयले नयां राहदानी जारी गर्नेछ । पुरानो राहदानी र सोको प्रतिलिपी दुबै नभएको अवस्थामा नागरिकताको सक्कलै प्रमाणपत्र सहित निवेदक राजदूतावासमा स्वयं उपस्थित भएमा दरखास्त फाराम र नागरिकताको प्रमाणपत्रमा उल्लिखित व्यहोरा, तस्वीर, आदि रुजू गरी कागजातको सत्यता यकिन गर्नु परेमा आवश्यक छानवीन गरी नयां राहदानी वा यात्रा अनुमतिपत्र प्रदान गर्ने कारवाही अगाडि बढाउन सकिनेछ ।

६, ट्राभल डकुमेण्टः

कुनै नेपाली नागरिकको राहदानी हराएको वा नासिएको कारणले नेपाल र्फकन असमर्थ भएको कारण र प्रमाण सहित राहदानी प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रकृया पूरा गरी यस राजदूतावासमा निवेदन पेश गरेमा यात्रा अनुमति पत्र -ट्राभल डकुमेण्ट) जारी गर्न सकिनेछ । यात्रा अनुमतिपत्र वहाल रहने अवधि राजदूतावासले तोकेबमोजिम हुनेछ । तर राहदानी हराई अलपत्र परको अवस्थामा यूएईबाट नेपाल र्फकनको लागि मात्र वैध हुने एक पाने ट्राभल डकुमेण्ट-आउट पास) भने नेपाली नागरिकहरुलाई आवश्यकता हेरी राजदूतावासले पूर्ववत रुपमै उपलब्ध गराउने छ ।

७, अस्थायी राहदानीः

नेपाली राहदानी वाहकको राहदानी बहाल रहने अवधि समाप्त भएमा, राहदानी हराएमा वा नासिएमा वा झुत्रो भएको कारणले प्रयोग गर्न नसकिने भई नयां राहदानी बनाउनको लागि निवेदन दिएमा केन्द्रीय राहदानी कार्यालय, काठमाडौंबाट मेशिन रिडेवल राहदानी जारी भई राजदूतावासमा प्राप्त नहुन्जेल सम्मका लागि राजदूतावासबाट अस्थायी राहदानी जारी गर्न सकिनेछ । अस्थायी राहदानी जारी भएको मितिबाट सामान्यतया छ महिनासम्म वहाल रहने छ । निवेदकलाई नयां राहदानी प्रदान गर्दा राजदूतावासले अस्थायी राहदानी खिची रद्द गर्नेछ ।

८, नयां राहदानी आवश्यक नपर्नेः

२०६७ पौष ४ गते तदनुसार १९ डिसेम्बर २०१० का दिनसम्म जारी भएका हस्तलिखित राहदानीहरुमा उल्लिखित वहाल रहने अवधिसम्म मान्य हुने हुंदा ६ महिना भन्दा बढी म्याद बांकी भएका हस्तलिखित राहदानीहरुको पाना प्रयोग भइसकेको अवस्थामा वाहेक मेशिन रिडेवल राहदानीको लागि निवेदन गर्न आवश्यक हुनेछैन ।

९, एउटै दरखास्त फारामः
ट्राभल डकुमेण्ट र अस्थायी राहदानीको लागि आवेदन गर्दा पनि राहदानीको लागि तोकिएकै दरखास्त फाराम भर्नु पर्नेछ ।

१०, दोब्बर दस्तुरः
विशेष परिस्थिति परेकोमा बाहे पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको कारणले नयां राहदानी जारी गर्नु पर्दा त्यस्तो राहदानी बापत दोब्बर दस्तुर लाग्नेछ ।