दुबईमा नेपाल पर्यटन २०११ को लागि सेमिनार कार्यक्रम सम्पन्न

स्रोत : नेपाली समाचार केन्द्र तथा अर्घाखाँची डट्कम्
दुबई १७ डिसेम्बर २०१० । दुबईस्थित पार्क रेजिस कि्रसकिन होटलमा आगामी २०११ सालम्ाा नेपालमा एक मिलियन पर्यटक भित्र्याउने लक्ष्य राखि नेपाल पर्यटन बोर्डद्धारा पर्यटन २०११ सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।
 
 नेपाल प्राकतिक सुन्दरताले भरिएको र विश्वमा नै उच्चा रहेको सगरमाथा हिमाल भएको देशमा आउनको आवह्ान गर्दै नेपालमा भर्खरै मात्र चुनिएकी मिस नेपाल सदीक्षा श्रेष्ठद्धारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा युएईका लागि महामहिम राजदूत अर्जुनबहादुर थापा रहनु भएको थियो ।
 
 प्राकतिक शौन्दर्यले भरिएको आफ्नो सुन्दर देशमा भ्रमण गर्न आग्रह गर्दै आफ्नो मन्तव्य दिने क्रममा नेपाल एयरलाइन्स युएईका लागि मैनेजर राजुलाल श्रेष्ठले नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा यात्रा गर्दै नेपालको मनोरम शौन्दर्यलाई अवलोक्न गर्न निम्तो गर्नु भयो ।
 
 त्यस्तै गरी नेपाल पर्यटन बोर्डका सिनियर डाइरेक्टर शुवास निरौलाले आफ्नो प्रेजेन्टेशन दुई चरणमा गरी स्लाड शो मार्फत देखाउनु भएको थियो । जसमा पहिलो चरणमा स्लाइड शो रहेको थियो भने दोस्रो चरण भिजलद्धारा देखाउनु भएको थियो । आगामी २०११ सालमा एक मिलियन पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको र यसका लागि नेपालको विभिन्न पर्यटन स्थलहरुमा बिशेष तयारी गरी सबै प्रकारका सुविधाहरुको पनि व्यावस्था गरिएको बताउनु भयो ।
 
 प्रमुख अतिथि राजदूत अर्जुनबहादुर थापाले विश्वभरीका सबैलाई हिमाल र पहाडले भरिएको देश हेर्न र असली प्राकतिकको आनन्द लिन नेपाल भ्रमणको लागि आवह्ान गर्नु भयो भने यस अवधिसम्म राजनीतिक कुनै हलचल नहुने र पर्यटन क्षेत्रमा राम्रो व्यवस्था समेत गरिएको जानकारी दिनु भयो । 
 

विभिन्न व्यावसाय संघ संस्थाका प्रतिनिधि पत्रकार तथा खासगरी टुरिजम र ट्राभल्स क्षेत्रका प्रतिनिधिहरुको जमघट भएको कार्यक्रमलाई अझै रोचक तुल्याउनको लागि आफ्नो भिजिटिङ कार्डहरु मार्फत लकी ड्रा निकाली दुबई काठमाण्डौ दुबईको दुई तर्फी दुईवटा हवाई टिकटको पनि व्यावस्था गरिएको थियो ।



स्रोत : नेपाली समाचार केन्द्र तथा अर्घाखाँची डट्कम्

बिज्ञापन : http://www.arghakhanchi.com/index.php?action=news&id=PWdUTXhBVE0=