एनआरएनको पाचौ क्षेत्रिय सम्मलेनका लागि कतारका लागि नेपाली राजदुत मिश्र यूएई आउने

उमाकान्त पाण्डे गाउले 
 
०२७ डिसेम्बर २०१० - यूएई दुबई-गैर आवासीय नेपाली संघ (एनआरएनए) को पाचौ क्षेत्रीय सम्मेलनमा भाग लिन कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्र यूएई आउने भएका छन ।दुवईमा १४ देखि १६ जनवरीसम्म आयोजना हुने ३ दिने सम्मेलनमा मिश्रले सुरक्षित आप्रवासनको विषयका बारेमा सम्बोधन गर्ने थाहा हुन आएको छ ।
सो सम्मेलनमा अत्यधिक गहन बिषयहरु राखिएकोले आफु त्यस तर्फ जान लागेको उनको बिशेष स्रोतले बताएको छ ।

सयुत्त अरब एमिरेट्स यूएईका लागि नेपाली दुतावास छ र यहाँका लागि पूर्ण अधिकार सहित नेपाली राजदुत अर्जुन बहादुर थापा कार्यरत छन । यूएईमै दुतावास रहदा रहदै पनि र राजदुत कार्यरत हुँदा हुँदै अन्य देशको राजदुत आएर यहाँ हुने कार्यक्रममा सम्बोधन गर्ने भन्ने खबरले यहाँ रहेका नेपालीहरुले जिज्ञासा राख्न थालेका छन ।