रहर,डर र भरपर्दो युवाहरुको जमात युवा संघ नेपाल:युवा नेता महेश बस्नेत/प्रवासी युवा संघ यूएईको बिधिवत घोषणा

- उमाकान्त पाण्डे गाउले

आबुधाबी यूएई - नेपालका चर्चित युवानेता तथा एमाले निकट युवा संघ नेपालका अधक्ष्य अध्यक्ष महेश बस्नेत तथा केन्द्रिय सदस्य किरण पौडेल भ्रमणको क्रममा सम्युत्त अरब एमिरेट्स यूएईमा आएर प्रवासी नेपाली का बिभिन्न गतिबिधीमा सरिक हुनु भएको छ ।

- तस्विर सौजन्य उत्तम अधिकारी
  साभार अर्घाखाँची डट्कम्



गत २२,डिसेम्बर २०१० बुधवार यूएई को प्रख्यात शहर दुबइको अन्तराष्ट्रिय विमान स्थलमा प्रवासी नेपाली संघ यूएईका केन्द्रिय संवाद सचीव श्याम पाठक तथा नव गठित प्रवासी नेपाली युवा संघका  अध्यक्ष महेश गीरी र प्रवासी नेपाली संघ दक्षिणि इमिरेट्स समन्वय समितिका सदस्य सुर्य गीरी लगायतले फुलको गुच्छा सहित स्वागत गर्नु भएको थियो। सोहि दिन यूएईको राजधानी आबुधाबीमा प्रवासी नेपाली संघ यूएई केन्द्रिय समितिले एक भब्य कार्यक्रमको आयोजना गरी उहाहरुलाई स्वागत गरेको थियो ।
 सो स्वागत कार्यक्रमको सभापतित्व प्रवासी नेपाली संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटाले गर्नु भएको थियो भने केन्द्रिय संवाद सचीव श्याम पाठकले सो कार्यक्रम सञ्चालन गर्नु भएको थियो।संघका अर्का केन्द्रिय उपाध्यक्ष भुवन सिहं राईले अतिथी द्वय लाई स्वागत मन्तब्य तथा यूएईमा प्रवासी नेपाली युवा संघ गठन गर्नुको उद्देस्य र औचित्यको वरेमा बोल्नु भएको थियो ।
 
 कार्यक्रममा प्रवासी नेपाली संघ यूएईका केन्द्रिय पदाधिकारीहरु,क्षेत्रिय समितिका पदाधिकारीहरु तथा दक्षिणि इमिरेट्स समन्वय समितिका पदाधिकारीहरुका साथै अत्यधिक मात्रामा युवा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत तथा केन्द्रिय सदस्य किरण पौडेललाई कार्यक्रमका सभापति लक्ष्मण सापकोटा तथा भुवन सिहं राइले पुष्प गुच्छा दिदै स्वागत गर्नु भएको थियो भने अध्यक्ष महेश बस्नेतले नव गठित प्रवासी नेपाली युवा संघ संघको औपचारीक घोषणा संगै यस संघका केन्द्रिय पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।
 
 कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष महेश बस्नेतले प्रवासी नेपाली युवा संघ यूएई प्रवासमा पहिलो युवा संघको रुपमा गठन भएकोमा यूएई प्रवासका प्रवासी हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नेपाली युवा पुगेका संसारका सबै मुलुकहरुमा क्रमश प्रवासी युवा संघ गठन गर्दै जाने जानकारी गराउनु भयो । उहाले देशको समग्र राजनैतिक अवस्था गतिबिधि र राष्ट्रिय युवा संघ नेपालले देशमा खेलेको भूमिकाको बारेमा बोल्दाइ नेपाली युवाहरुलाई देशको दिगो दिगो शान्ती,अमन चयन र आयमुलक कार्यमा अग्रसर गराउने र नेपाली युवाहरुलाई हत्या,लुट अपहरण चोरी डकैती डकैति जस्ता जघन्य अपराधहरुमा संलग्न गराइरहेको अवस्थाबाट मुत्तै गराउदै मुलुक प्रती बफादार रहने,सिर्जनात्मक कार्यमा लगाउने तथा साच्चैनै जिम्मेवार युवा जमात तयार गर्ने युवा संघको लक्ष्य भएको र नेपाली युवाहरुलाई यो उद्देश्यमा सफल गराएरै छाड्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । 

 

प्रवासी नेपालीलाई करीव डेढ घण्टे सम्बोधन गर्दै युबा संघ भनेको रहरलाग्दो,डरलाग्दो र भरलाग्दो युबाहरुको संगठन भएका ले अहिले प्रवासी युवा हरु पनि संगठित हुँदै गएको बताउनु भयो । तपाइहरु परिवर्तनको वाहक भएकाले नेपालबाट बेलाबखत आउने नेताहरुसँग प्रसिक्षण लिने होईन बरु यहाँ के कसरी बिकासका कामहरु हुन्छन् त्यसको बारेमा उहाँहरुलाई प्रसिक्षण दिनु पर्दछ भन्दै जहाँ युबा त्यहा युबा संघ भन्ने नाराका साथ युबाहरुलाई संगठनमा गोल्बन्द गराई अघि बढ्ने प्रण गर्नु पर्ने उहाको दावी थियो । युबा संघ कुनै नेता बिशेष ईच्छाले नभै वाइसियल वा अन्य त्यस्तै यो वा त्यो बहानामा नेपाली जनताले भोग्नु परेको पिडा-सास्ती तथा अन्याय बाट मुक्त गराउन गठन भएको ले यसमा सबै नेपाली साथ रहएको जिकिर उहाको थियो ।

उपस्थित जमातले उहाको सम्बोधन लाई अत्यन्तै मन्त्रमुग्ध भएर सुनेको देखिन्थ्यो ।
कार्यक्रममा कलाकारहरु शिशिर थापा,दिपक पर्छाई,दुर्गा लिम्बु तथा श्याम गुरुङले बीच बीचमा विभिन्न सांगितिक कोशेलीहरु पस्कदै कार्यक्रमलाइ अझै रोचक बनाएका थिए। युवाहरुको दायित्व कर्तब्य र युवासंघ नेपालले देश भित्र खेलिरहेको भूमिकाको बारेमा वर्णन गर्दै युवा संघ नेपालका केन्द्रिय सदस्य तथा खेलकुद बिभाग प्रमुख किरण पौडेलले निरन्तर रुपमा देशका हत्यारा,लुटेरा र अपहरणकारीहरुलाइ सखाप बनएरै छाड्ने प्रतिबद्दता ब्यत्त गर्नु भयो।
 
 सोहि कार्यक्रममा प्रवासी नेपाली युवा संघ यूएईका अधक्ष्य महेश गीरीले नेपालमा हत्या,हिंशा र बिभिन्न अपराधजनक गैरकानुनी कार्य गरी यूएईमा आएर बस्ने जो कोहिलाई प्रवासी नेपाली युवा संघ यूएईले आगामी दिनमा सचेत गराउदै अन्यायमा परेका प्रवासी नेपालीहरुलाइ भरपूर्ण सहयोग गर्ने र सिधा सोझा नेपालीलाइ ठग्ने स्वदेसि वा बिदेसि दलालहरुलाइ कसरी कानुनी प्रकृयामा ल्याउन सकिन्छ सोहि अनुसार युवा संघ अग्रसर हने प्रतिबद्दता ब्यक्त गरे ।
प्रवासी नेपाली  संघ यूएईका केन्द्रिय सदस्य गोबिन्द प्रसाद खनालले प्रवासी नेपाली युवा संघ गठनको वास्तबिकताबारे प्रकाश पार्दै प्रवासमा रहेका युवाहरुलाई अनैतिक क्रियाकलापमा लाग्न छोडेर युवा संघमा संगठित गर्दै नेपालमा हुने राजनैतिक परिवर्तन र नेताहरुबाट हुने विभिन्न खाले गैरजिम्मेवारीपनात्मक ब्यबहार र पार्टी भित्रको गुटउपगुट प्रवासीहरुले दवाब दिने खालका रचनात्मक कार्यक्रमहरु गर्नको लागी प्रवासी नेपाली युवा संघ गठन गरिएको जानकारी गराउनु भएको थियो भने संघका आबुधाबी क्षेत्रिय समिति सदस्य प्रकाश पोखरेलले बिगत देखि अहिले सम्मका बिभिन्न राजनैतिक परिवर्तन तथा ती परिवर्तनहरुमा नेकपा एमालेले खेलेको भूमिकाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

सोहि अबसरमा प्रवासी नेपाली संघ आबुधाबि क्षेत्रिय समितीले नेपाल पर्यटन बर्ष २०११ लाइ लक्षित गरी १ जनवरी २०११ शनिबार बनभोज आयेाजना गर्न लागिरहेको र सो बनभोज कार्यक्रममा नेपाल पर्यटन बर्ष २०११ को लोगो अंकित टीशर्ट प्रवासी नेपाली संघ आबुधाबि क्षेत्रिय समितिका सचीव उत्तम अधिकारीले युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत तथा केन्द्रिय सदस्य किरण पौडेललाइ उपहारस्वरुप प्रदान गर्दै सो टी शर्ट प्रदशन समेत गरिएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति लक्ष्मण सापकोटाले समग्र कार्यक्रमको समिक्षा गर्दै नव गठित युवा संघका केन्द्रिय पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिदै युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत प्रवासी नेपाली संघ यूएई केन्द्रिय समितिको निमन्त्रणा स्वीकार गर्दै यूएई आउनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी यूएईको दुबईमा प्रवासी नेपाली संघले २३ डिसेम्बर २०१० का दिन आयोजना गरेको कार्यक्रममा दुबइ स्थित प्रवासी नेपाली संघका केन्द्रिय तथा क्षेत्रिय समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत सगै दबइ आउनुभएका युवा संघ नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज ब्यबशायी सी.बी. लामा तथा युवा संघ काभ्रे जिल्ला समितिका अध्यक्ष राजन थापा समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा दबइमा स्थपित ब्यबशायीहरुले नेपाली युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध हुने गरी युवा संघ नेपालले विभिन्न प्रोजेक्टहरु स्थापना गरोस् यस कार्यका लागी यूएई प्रवासबाट हामी नेपाली ब्यबशायीहरु तथा हजारौंका संख्यामा प्रवासी युवाहरु लगानी गर्न तयार भएको बताएको थियो ।