राईजिङ स्टार एवार्डबाट सम्मानित छत्र लामा लाई हार्दिक बधाई-नेपाल समाचार केन्द्र यूएई-प्रेस विज्ञप्ती

सम्युत्त अरब एमिरेट्स यूएईको सबै भन्दा जेस्ठ नेपाली संचार सस्था नेपाल समाचार केन्द्र यूएई र यस्को प्रकाशनमा प्रकाशित हुने पाक्षिक पत्रीकाका  सल्लाहाकार श्री छत्र बहादुर लामा रामेछाप तामाङ समाज काठमाडौं द्वारा 'टप सोसिएल फिगर राईजिङ स्टार अवार्ड'बाट सम्मानित हुनु भएकोमा उहाको त्यो सम्मान समाचार केन्द्रको पनि सम्मान भएको र आफ्नो एक सल्लाहकार प्रवासी भुमी बाट स्वदेश भुमीमा फर्किदा पाएको सम्मानले बिदेशमा बस्ने नेपालीहरुलाई आफ्नो देश र गाउ प्रती को माया तथा सामाजिक सेवा गर्ने भावना अझ बिकसित हुँदै जानेछ भन्ने आशा लिएका छौ । सम्मानित ब्यत्तित्वको यो सम्मानले भबिष्यमा अझ बढी महत्व पुर्ण काम गर्दै जाने प्रेरणा तथा हौसला मिलोश नेपाल समाचार केन्द्र यूएई हार्दिक शुभकामना ब्यत्त गर्न चाहन्छ ।

लामो समयदेखि प्रवासमा बसी प्रवासको सामाजिक क्षेत्रमा देखाएको सक्रियता र योगदानको कदर गर्दै रामेछाप तामाङ समाज काठमाडौंले केन्द्रका सल्लाहकार छत्र बहादुर लामालाई टप सोसिएल फिगर राईजिङ स्टार अवार्ड घोषणा गर्नु एक एतिहासिक उदाहरण हो भन्ने नेपाल समाचार केन्द्र यूएईको ठहर छ ।

गत ११ वर्षदेखि युएईमा रहदा समाचार केन्द्र का अतिरित्त विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहि प्रवासी नेपालीको हक,हितमा कार्य गरे वापत प्राप्त उक्त एवार्ड प्रदान गरिएको मा रामेछाप तामाङ समाज काठमाडौं प्रती नेपाल समाचार केन्द्र यूएई हार्दिक आभार ब्यत्त गर्दछ । साथै प्राप्त सम्मानले आगामी दिनमा सदैव मार्ग निर्देश गर्होश भन्दै हार्दिक बधाई ज्ञापन गर्दछौ । 

       महासचिव                                                                             अधक्ष्य
   उमाकान्त पाण्डे गाउले                                                      राजु भट्टराई                       
                                         एवम नेपाल समाचार केन्द्र यूएई परिवार