यस वर्षको एसएलसी परीक्षा आगामी चैत १० गतेदेखि

यस वर्षको एसएलसी परीक्षा आगामी चैत १० गतेदेखि शुरू हुने परीक्षा नियन्त्रण कार्यालय
सानोठिमीले जानकारी दिएको छ। परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले उक्त निर्णयगरेको हो। बैठकले परीक्षा १० देखि १८ गतेसम्म सञ्चालन गर्ने निर्णयगरेको परीक्षा नियन्त्रण कार्यालयस्रोतले जानकारी दियो। चैत १० गते पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने भएको छ।