प्रवासी नेपाली सघ यूएईले नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी कार्यक्रम गर्ने

उमाकान्त पाण्डे गाउले-यूएई -२५ डिसेम्बर २०१०- प्रवासी नेपाली सघ यूएईले नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी कार्यक्रम गर्ने भएको छ । प्रवासी नेपाली संघ यूएई क्षेत्रिय कमिटि आबुधाबीले नेपाल सरकारको प्रचारीत तथा प्रतिक्षित 'नेपाल पर्यटन वर्ष २०११' लाई लक्षित गरी नयाँवर्ष २०११को पहिलो दिन जनवरी १ शनिबारका दिन यूएईको राजधानी आबुधाबीमा एक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो कार्यक्रमका संयोजक तथा प्रवासी नेपाली संघ यूएई क्षेत्रिय कमिटि आबुधाबीका सचिव उत्तम अधिकारीका अनुसार हामी प्रवासमा रहेर पनि आफ्नो देश र मातृभुमीप्रती कति गम्भिर,क्रियाशिल र उत्तरदायी छौं भन्ने कुरा सो कार्यक्रमले प्रष्टयाउने छ ।

कार्यक्रम आयोजकको जानकारी अनुसार उक्त बनभोज कार्यक्रममा नेपाल पर्यटन वर्ष २०११ अकिंत टिसर्ट लगाउनु पर्ने र सो को तयारी अन्तिम चरणमा पुगेको छ ।

 सो बनभोज कार्यक्रम राष्ट्रप्रति समर्पित र राष्ट्रिय महत्व बोकेको बिशेष कार्यक्रम हुने भएकोले जुनसुकै बिचारधारा राख्ने तथा जुनसुकै सस्था सँग सम्बन्धित प्रवासको खाडी अरबी मुलुकमा बस्ने आम-सर्वसाधारण तथा चेतनशिल नेपाली नागरीकहरुले भाग लिन सक्ने ब्यबस्था गरिएकोले सो बनभोज कार्यक्रममा भाग लिनुहुनका लागि अनुरोध गर्दै कार्यक्रम सफल बनाउनका लागि आफुहरु आन्तरिक अन्तर्कृया र गृहकार्यमा जुटेको जनाए ।

थप जानकारीका लागि प्रवासी नेपाली संघ यूएई क्षेत्रिय कमिटि आबुधाबीका सचिव उत्तम अधिकारी लाई ०९७१-०५०-५३६५६२९ मा संपर्क गर्न सक्नुहुने जनाइएको छ ।