नेपाली जनसंपर्क समिती यूएईको अल-एन क्षेत्रिय समिती गठन

उमाकान्त पाण्डे गाउले - यूएई - २५ डिसेम्बर २०१०-नेपाली काग्रेंशको अन्तराष्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिती यूएईको अल-एन क्षेत्रिय समिती गठन गरिएको छ । गत शुक्रबार अल-एनमा सम्पन्न समितीको केन्द्रिय बैठकले सो क्षेत्रमा रहने आफु निकटका नेपाली लाई सँगंठित गर्न अल-एन क्षेत्रिय समिति गठन गरेको हो ।
नेपाली काग्रेंशको बार्हौ महाधिवेशन बाट अत्यधिक मत पाइ पार्टीको केन्द्रिय सदस्य पदमा बिजयी भएका युवा नेता गगन थापा द्वारा गत अक्टोबर १ मा नेपाली जन संपर्क समिती यूएई बिधिवत रुपमा गठन गरिएको थियो । सो समितीको बिधान अनुरुप क्षेत्रिय समिति १५ सदस्यिय हुनु पर्ने भए पनि  अन्य १ सदस्य पछी नियुत्ती गरिने भन्दै १४ सदस्यिय नेपाली जनसंपर्क समिती-अल-एन क्षेत्रिय समिती गठन गरिएको छ ।

यसै वर्षको सुरुवातमा तदर्थ कमिटी सँगै केन्द्रिय समितीमा विस्तारित जनसंपर्क समिती यूएईमा अहिले दुर्तगत गतिमा अगाडि बडेको पाइएको छ ।
सो अल-एन क्षेत्रिय समितीमा  रुद्रमणी भट्टराई शभापति, नारायण कोइराला उप-शभापती,तोयलाल घिमिरे कोषाधक्ष्य,डायमन्ड थापा सचिव, राम सुरत यादब सह-सचिव रहेका छन भने सद्स्यमा जित बहादुर चौधरी,सुधन प्रशाद ढकाल,डिल्ली राज पन्त,नरेश बुढा मगर,नारायण लम्साल,रामजी ज्ञवाली,ईन्द्र अधिकारी,जनक राज बराल,मनोज आचार्य रहनुका साथै २ सदस्यिय अल-एन क्षेत्रिय सल्लाहाकार समिति समेत गठन गरिएको छ । जस्मा अनिल पाण्डे,बाल कृष्ण खड्का रहेको जनाइएको छ ।

समितिको बिधानमा क्षेत्रिय समिती १५ सदस्सिय हुनु पर्ने भएकोले बांकी १ सदस्य पछी नियुक्ती गरिने निर्णय समितिको बैठकले गरेको छ ।  

यूएई भ्रमणमा रहेका नेपाल तरुण दलका केन्द्रिय उपाध्यक्ष नागेश्वर यादब र महामन्त्री पुष्पराज पराजुलीको प्रमुख आतित्थ्य तथा नेपाली जनसंपर्क समिति युएईका सभापति चित्र बहादुर केसी को सभापतित्व,महामन्त्री मिन बहादुर रानाभाटको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरुले नव गठित समितिलाई बधाई तथा कार्य सफलताको शुभ-कामना दिंदै आफ्नो मन्तब्य राखेको सो कार्यक्रममा समितिका अन्य पदाधिकारी लगायत अल-ऐन क्षेत्रमा रहेका नेपाली कांग्रेस समर्थकहरुको उल्लेख उपस्थिती रहेको थियो ।

जनसंपर्क समितीले यस् अघी आबुधाबी क्षेत्रिय समिती गठन गरिसकेको छ भने दुबइ क्षेत्रिय समिती गठन प्रकृया अगाडि बडाइसकेको छ।आउदा दिनहरुमा सयुत्त अरब एमिरेट्स यूएईका अन्य स्टेट हरुमा नेपाली जनसम्पर्क समिती यूएईको क्षेत्रिय समिती गठन गर्दै जाने र भाबी दिनहरुमा समितीका गतिबिधीलाई नेपालीको हितमा प्रभाबकरी रुपमा अगाडि लैजाने योजना रहेको सो समितीका केन्द्रिय महामन्त्री मिन बहादुर रानाभाट ले जानकारी दिएका छन ।