यूएईमा ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी ध्रुव कुवरलाई संघसस्था द्वारा बिदाइ


उमाकान्त पाण्डे गाउले-२ जनवरी २०११-दुबई-रोजगारीको शिल्शिलामा सम्युत्त अरब         एमिरेट्स यूएईमा बिगत ११ वर्ष देखी कार्यरत समाजसेवी तथा ब्यबसायी धुर्ब कुवर लाई सम्मान गर्दै बिदाइ गरिएको छ।नयासाल २०११ लाई स्वागत गर्दै यूएईको बर दुबई स्थित काठमान्डौ हाइल्यान्ड रेस्टुरेन्टमा बिभिन्न संघसस्थाले सयुत्त रुपमा एक कार्यक्रमको आयोजना गरी कुवरलाई दोसल्ला ओडाएर प्रशम्शा पत्र द्वारा सम्मान एवम यूएई देखी बिदाइ गरेका हुन। 

यूएईको जेष्ठ नेपाली संचार सस्था नेपाली समाचार केन्द्र यूएई,यूएई नेपाली एकता समाज तथा नागरिक सेवा समाज यूएईले सम्युत्त रुपमा एक कार्यक्रमका बिच सम्मान गर्दै स्वदेश फर्किने क्रममा रहेका समाजसेवी तथा ब्यबासयी धुर्व कुवर लाई बिदाइ गरेका हुन ।

गुल्मी पुर्कोटमा जन्मिएका कुवर ११ वर्ष अघी आबुधाबी पुलिसमा रोजगारिका लागि यूएई आएका थिए।आफ्नो कामको शिलशिलामा यहाँ रहेका बिभिन्न सामाजिक सघंसस्थामा संलग्न रहदै पहिलो पटक नेपाली ट्राभल्सको रुपमा अल हाना ट्राभल्स सन्चालन गर्दै ब्यवसायमा समेत उनी संलग्न थिए।

कुवर यूएई नेपाली एकता समाजका महासचिव तथा केही समय अघी देखी यूएई तथा नेपालमा सकृयरुपमा सामाजिक कार्यमा अघी बडेको नागरिक सेवा समाज यूएईका सस्थापक महासचिव र नेपाली समाचार केन्द्र यूएई तथा यस्को प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीकामा सल्लाहकारको रुपमा रहेका थिए।

कुवरलाई एकता समाजको तर्फबाट दोसल्ला तथा यहाँ रहदासम्म सामाजिक क्षेत्रमा पुराएको योगदानको उच्च मुल्याकंन सहित प्रशंशा पत्र गरिएको थियो भने नागरिक सेवा समाजले दोसल्ला ओडाएर एवम मायाको चिनो प्रदान गरेर बिदाइ गरेको थियो।

सयुत्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली समाचार केन्द्रको तर्फबाट खादा ओडाउदै प्रशशां पत्र द्वारा सम्मान गरिएको थियो भने नेपाली महिला समाज यूएईले मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको थियो ।     
      

यहाँ रहुन्जेल सामाजिक संघसस्थामा संलग्न रहेर नेपाली हरुबिच समाजसेवीको रुपमा चिनिन पाउदा र नेपाल फर्किने क्रममा पाएको सम्मानले आफुलाई आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा मिलेको आफ्ना ११ वर्षे अनुभब लाई सुनाउदै सम्मान कार्यक्रममा कुवरले मन्तब्य को क्रममा ब्यत्त गरे।

आफुले अहिले सम्म जती गरे सन्तुस्ट छु र आगामी दिनमा जहाँ जस्तो अवस्थामा रहे पनि आफ्नो बिचारमा एवम सिद्दान्तमा अवीचलित ढंग बाट जुनसुकै तवरबाट आफु लागे पर्ने उनले थपे।
 
सम्युत्तरुपमा आयोजना गरिएको सो कार्यक्रम यूएई नेपाली एकता समाजका अधक्ष्य मान बहादुर थापाको सभापतित्व,नागरिक सेवा समाज यूएईका केन्द्रिय अधक्ष्य तथा एनआरएन यूएईका उपाधक्ष्य चन्द्र रोकाहको बिशेष आतिथ्यता,नेपाल फर्किने क्रममा रहेका समाज सेवी धुर्व कुवरको प्रमुख आतिथ्यता,नेपाली महिला समाज यूएईकी महासचिव साबित्री एम्सी,नेपाल पत्रकर महासंघ यूएई शाखाका सचिव अर्जुन दाहाल,नागरिक सेवा समाज यूएई दुबई क्षेत्रिय समितीका उपाधक्ष्य हिरालाल श्रेष्ठ,अन्तरास्ट्रिय नेपाली एकता समाजका सदस्य लाल बहादुर पुन,संघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईका उपाधक्ष्य एस के भण्डारी,लगायत यूएई नेपाली एकता समाजका अत्यधिक पदाधिकारी सस्दय,नागरिक सेवा समाज यूएईका पदाधिकारी सस्दय हरुको बाक्लो उपस्थितीमा सम्पन्न कार्यक्रमको सन्चालन नेपाली समाचार केन्द्रका महासचिव एवम पाक्षिक पत्रीकाका सम्पादक पत्रकार उमाकान्त पाण्डे गाउले ले गरेका थिए।