नयाँवर्ष तथा पर्यटन वर्ष २०११ लाई स्वागत गर्दै यूएईको आबुधाबीमा आयोजित बनभोजमा रमाए नेपालीहरु

उमाकान्त पाण्डे गाउले 
३१ डिसेम्वर २०११ को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्यो  ।युएईको राजधानी आबुधाबी स्थित कर्नेसमा सन्ध्याकालिन प्रहरमा सुरु भएको सो बनभोज नयावर्षको स्वागत संगै पुरानो बर्ष को बिदाइ भन्दै जोरदार सास्कृतिक कार्यक्रमका साथ् गरिएको थियो।यसैबिचहामीलाई प्राप्त अर्को समाचार अनुसार यूएईको आबुधाबीमा नयाँवर्ष २०११ को शुभ अवसर पारेर जनवरी १ तारिखको दिन  नेपाली प्रवासी संघ यूएईले पनि पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै एक भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको जनाएको छ।


शालीकराम पन्थ  - ३१ डिसेम्वर २०११ को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्यो  ।युएईको राजधानी आबुधाबी स्थित कर्नेसमा सन्ध्याकालिन प्रहरमा सुरु भएको सो बनभोज नयावर्षको स्वागत संगै पुरानो बर्ष को बिदाइ भन्दै जोरदार सास्कृतिक कार्यक्रमका साथ् गरिएको थियो।  
कार्यक्रममा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई केन्द्रिय शाखा अध्यक्ष लक्ष्मण सापकोटाको मातृशोक परेको कारण अनुपस्थिती मा श्रेत्रिय अध्यक्ष गजेन्द्र चौधरीले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
मादल,गीटार,सारंङ्गीका धुनहरु यस खुला चौरमा बज्दा अरब मुलुकका मानिस साथै बिभिन्न देशका मानिसहरु नजिक झुम्मिएका थिए।आफ्नो देशको बिषम परिस्थिती देखि बिरक्तिएर कलाकारहरुले देशभक्ति गानाहरु एकपछि अर्को गाईरहेका थिए।

बनभोज एवम खुल्ला स्थानमा सास्कृतिक झलक सहित आफ्नो देश र संबिधानको बारेमा चिन्ता लिने कलाकारहरु धेरैजसो देशको संबिधान कहिले र कसरि कस्तो बन्छ भन्ने चिन्ताका गीत मै डुबेको देखिन्थ्यो।
कार्यक्रम सार्बजनिक स्थानमा भएकोले होला बिदेशीहरु पनि लाम लागेर उक्त कार्यक्रम एकोहोरो हेरिरहेका देखिन्थे।बनभोज नाम बाट कार्यक्रम सुरु गरे पनि कुनै सास्कृतिक कार्यक्रम भन्दा कम थिएँन सो कार्यक्रम ।कार्यक्रममा स्थानिय कलाकारहरु खुसि परिवार र शिशिर परियारले आधुनिक गीत मार्फत सबैलाई मन्त्र मुग्ध पारेका थिए। 
खुशी परियारको आफ्नै शब्द,स्वरमा?हुदैन होला अब त भेट,घर धेरै टाढा छ?जस्तो मार्मिक संगीतबाट सुरु भएको सांगितिक कार्यक्रममा शिशिर परियारको आधुनिक गीत तथा बिच बिचमा रिमिक्स भाकाहरुले उपस्थित सम्पूर्ण र्सिजनशील मित्रहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो।अर्का गायक दिपक पर्छाइको जनवादी गीत ?समयमै नबनेमा नेपालको जन संबिधान प्रवासी नै फर्कनेछन् बाजी थाप्दै आफ्नो जिउ ज्यान? बोलको गीत पस्किदा न त पत्रकार जेपी सापकोटा सुनेर बस्ने सकें न त प्रतिष्ठान्का केन्द्रिय सचिव चन्द्रचेतूँले मन थाम्न सकें।
अपरिचित नेपाली साथीहरुलाई पनि सजिलै परिचय गराई दिने ढाकाको टोपी ढल्काएर जेपी सापकोटा घरि संगीतको लयमा लय मिलाउँथे भने घरि कम्मर मर्काउदै नाच्न थाल्थे।६ बजे देखि संचालन भएको कार्यक्रममा खुशी परियार, शिशिर परियार, बिमला तामाङ्ग, जुना पर्छाइ, दिपक पर्छाइ, सन्दिप तामाङ्गले संगीत पस्केका थिए।त्यस सुखद् घडीमा जिन्दगीमा पहिलो पटक संगीत गाउँनेहरु तथा जिन्दगी पहिलो पटक नृत्य गर्नेहरु पनि थिए। 
करिब ५० जनाको उपस्थित उक्त कार्यक्रममा सर्वदाका केन्द्रिय सदस्य तथा अर्थिक समितिका संयोजक दिपक अधिकारीले सर्वदाको आउँदो कार्यक्रम जनवरी २१ म हुने जानकारी गराएका थिए।नेपाल पर्यटक बर्षलाई सफल बनाउन हरेक नेपाली दाजुभाईलाई भिजिट नेपाल २०११ अंकित टिसर्ट लगाएर हिंड्न अनुरोध गरिएको थियो।सोही अवसरमा सर्वदा वाङ्मय प्रतिष्ठानको हरेक कार्यक्रममा उपस्थित भई संगीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाउने बिमला तामाङ्ग बिरामी अवश्थामा रहेको जानकारी पाएर केही आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

यसैबिचहामीलाई प्राप्त अर्को समाचार अनुसार यूएईको आबुधाबीमा नयाँवर्ष २०११ को शुभ अवसर
पारेर जनवरी १ तारिखको दिन  नेपाली प्रवासी संघ यूएईले पनि पर्यटन वर्ष २०११ लाई लक्षित गर्दै एक भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको जनाएको छ। बाँकी समाचार:
अबुधाबीमा पर्यटन प्रवर्धनको लागी प्रवासी नेपाली संघ यूएईको बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न
उत्तम अधिकारि

सयुत्त अरब एमिरेट्स -०३ जनवरी २०११ -नेपाल पर्यटन बर्ष २०११ लाइ लक्षित गरी राष्ट्रकै चासो रहेको यस कार्यक्रमलाइ प्रवासमा रहेका हरेक नेपालीले आ-अफ्नो ठाउबाट सकेसम्म र भ्याएसम्मको योगदान गरौं भन्ने आव्हान र मुल उद्देश्यका साथ प्रवासी नेपाली संघ यूएई अबुधाबी क्षेत्रिय समितिद्दारा नया बर्ष तथा नेपाल पर्यटन बर्ष २०११ को शुभ साइत पारी यूएईको राजधानी अबुधाबीमा आयोजित बनभोज कार्यक्रम भब्यताका साथ मनाइयो । उक्त कार्यक्रमका १०० भन्दा धेरै सहभागीहरुले नेपाल पर्यटन बर्ष २०११को लोगो अंकित टी शर्ट पहिरिदा कार्यक्रमस्थल नै उमंग उत्साह र नेपालीपनमा समेटिएको थियो । 
त्यहा उपस्थित अन्य अरब मुलुकका नागरीकहरुले उक्त कार्यक्रमलाइ बिशेष चासो लिइ सोधपुछ गरेका थिए र आयोजक समितिले यस बारेमा ब्यख्या गर्दै उहाहरुलाई समेत उक्त टी शर्ट उपहार प्रदान गरिएको थियो ।
उक्त पिकनिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरु विभिन्न संघ संस्थमा आबद्द ब्यक्तिहरु तथा यहाँ विभिन्न क्षेत्रहरुमा कार्यरत नेपालीहरुको शानदार उपस्थिति रहेको थियो । त्यसैगरी प्रवासी नेपाली संघ यूएईका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु आयोजक समितिका सम्पुर्ण  प्रवासी नेपाली युवा संघ तथा प्रवासी नेपाली संघ यूएईमा आबद्द सबै समितिका पदाधिकारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

उक्त पिकनिक कार्यक्रमको वीचमा शुभकामना आदान प्रदान तथा पर्यटन बर्ष २०११ लाइ सफल पार्न हामी बिदेशिएका नेपालीहरुले के कस्तो योगदान दिन सक्छौं भन्ने वारेमा प्रकाश पार्नको लागी एउटा औपचारीक कार्यक्रम समेत गरियो । उक्त कार्यक्रम प्रवासी नेपाली संघ  क्षत्रिय समितिका अध्यक्ष भेषराज ढकालको अध्यक्षतामा समितिका सचीव उत्तम अधिकारीले साचालन गर्नु भएको थियो । 
उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत तथा शुभकामना दिदै पर्यटन वर्ष २०११ लाइ सफल पार्नमा युवाहरुले बिशेष भlुमका खेल्नु पर्ने भएकाले  सम्पुर्ण युवा जमातलाइ  सो कार्यमा लागी पर्न आव्हान गर्दै प्रवासी नेपाली युवा संघका अध्यक्ष महेश गीरीले युवा संघ यस्ता कार्यक्रमहरु सफल पार्न कटिबद्द रहेको कुरा बताउनु भयो।

उक्त कार्यक्रमका अतिथि तथा जनजाती महासंघ यूएईका अध्यक्ष भुवनिसंह राइले नेपालको धेरै भन्दा धेरै राजस्व संकलन हुने पर्यटन जस्तो महत्वपुर्ण क्षेत्रलाइ राज्यले उच्च प्रथमिकतामा राखि प्रचार प्रसार गर्नु पर्नेमा पर्यटन प्रबर्धनको लागी राज्यले यूएईमा खासै उपलब्धिमुलक प्रचार प्रसार तथा सो सम्बन्धि कार्यक्रम ल्याउन नसकेको गुनासो गर्दै पर्यटन प्रबर्धन गर्न आउने पर्यटन प्रतिनिधिहरुले यूएईमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसंग सल्लाह नै नगरी सुटुक्क कोठे कार्यक्रम गर्ने गरेको प्रति आस्चर्य र दुख प्रकट गर्नु भयो । उहाले सम्पुर्ण सहभागीहरुलाइ नया वर्षको शुभकामना दिदै पर्यटन प्रवर्धनकै लागी आयोजित उक्त पिकनिक कार्यक्रमका आयोजकलाइ धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भयो । 
कार्यक्रमका विशेष अतिथि एनआरएन यूएईका अध्यक्ष सीएम ढकालले पर्यटन वर्षको शुभारम्भ यूएई प्रवासबाट गर्ने रचनात्मक सिर्जनात्मक तथा सन्देशमलुक कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई विशेष धन्यबाद दिदै एनआरएन यूएईले पर्यटन प्रबर्धनको लागी आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै आगामी जनवरी १४ देखि १६ सम्म यूएईमा हुन गइरहेको पाचौं क्षत्रिय सम्मेलनमा सहभागी हुनको लागी यूएईवासी नेपालीहरुलाइ हार्दिक आव्हान गर्नु भयो ।
शुभकामना दिने क्रममा कार्यक्रमका विशेष अतिथि एनआरएन आइसीसीका कोषाध्यक्ष रामेश्वर शाहले सम्पुर्ण उपस्थित समुदायलाइ नया बर्ष २०११ को शुभकामना दिदै राज्यको सर्वाङिण बिकासमा टेवा पुर्याउन आन्तरिक पर्यटनलाइ पनि विशेष रुपले अघि बढाउन राज्यले ध्यान दिन नसकेको प्रति चासो ब्यक्त गर्नुका साथै ठुलो मात्रामा विदेसिएका नेपालीहरु छुट्टिमा फर्कने गर्दा शान्ति सुरक्षा तथा विमानस्थलमा प्रारम्भिक सुविधा समेत उपलब्ध गराउन नसकेकोमा दुख ब्यक्त गर्नु भयो । यूएईमा पनि पर्यटन वर्षको प्रवर्धनको लागी राज्यको तर्फबाट भएको कार्यक्रमको बारेमा औपचारीक जानकारी नभएको खुलासा गर्नु भयो । यूएईमा हुने एनआरएनको क्षेत्रिय सम्मेलनलाइ भब्यताका साथ सफल पार्नु हामी यूएई प्रवासमा रहेका सबै नेपालीहरुको दायित्व भएकाले सो कार्यक्रममा सहभागिता जनाउनको लागी आग्रह गर्नु भयो । 
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पंगेनीले राज्यको पुर्नसंरचना र विकाशमा युवा शक्तिलाइ समावेस गर्न सकेमा युगान्तकारी परिवर्तन र आर्थिक रुपले पनि सम्बृद्द र समुन्नत नेपाल निर्माण गर्ने कार्यमा सहयोग पुग्ने र त्यसको लागी हामी प्रवासीहरुले बिशेष भुमिका खेल्नु पर्ने तथा त्यसको लागी आपु र आफ्नो संगठन सदैब मन बचन र कर्मले लाग्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । अन्त्यम शुभकामना कार्यक्रमलाइ समापन गर्दै अध्यक्ष भेषराज ढकालले उपस्थित सम्पुर्ण सहभागीहरुलाइ हार्दिक धन्यबाद दिदै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैप्रति आभार ब्यक्त गर्नुका साथै हरेक आन्दोलन र परिवर्तनमा साथ दिदै आएका श्रमजिवि प्रवासीहरु अब आर्थिक क्रान्ति गर्न अग्रसर हुनु पर्ने धारणा राख्नु भयो। 
प्रवासी नेपाली संघ यूएई क्षेत्रिय समितिका सचीव उत्तम अधिकारी संयोजक रहेका उक्त कार्यक्रममा नेपाली समाजका अध्यक्ष यम तमु तमु समाज यूएईका अध्यक्ष राजु गुरुङ,लुम्विनि वेलफेयरका अध्यक्ष डी.एल. शर्मा, मगर समाजका अध्यक्ष गिरमान मगर लगायतका अतिथिहरुका साथै विभिन्न संघ संस्थासंग आबद्द ब्यक्तिहरु र यहाँस्थित पत्रकारहरुको उपस्थितिले कार्यक्रमलाइ अझ शोभायमान बनाएको थियो ।
कार्यक्रमलाइ मनोरन्जनातम्क बनाउनको लागी सहभागीहरुले मादलको तालमा विभिन्न नेपाली लोक भाकाका गीतहरु गाउदै नाचेका थिए ।