ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा दुवईमा हुने एनआरएन सास्कृतिक कार्यक्रममा सहभागिता जनाउन अपिल


उमाकान्त पाण्डे गाउले -११ जनवरी २०११ -सामूहिक लगानी तथा सुरक्षित आप्रवासन मूल आव्हान सहित आगामी जनवरी १४ देखी १६,२०११ मा दुबईमा हुन गईरहेको गैरआवासीय नेपाली संघको पाचौं क्षेत्रिय सम्मेलनमा यूएईमा रहेका एनआरएन तथा विश्वमा रहेका एनआरएनहरुको बृहत सहभागिताको अपेक्षा गरिएको सञ्चार संयोजक जेपी सापकोटाले जारी गरेको प्रेश विज्ञप्ति मार्फत गरेको अपिल समाचार सेलाउन नपाउदै सास्कृतिक माहोल को भब्य बातावरण सँगै भरपूर्ण मनोरन्जन प्राप्त गर्न आयोजकले सम्पूर्ण यूएई बासी नेपालीलाई आग्रह गरेको छ।

नेपाली समाचार पाक्षिक पत्रीकाको यूएई डेस्कमा प्राप्त समाचारमा जनाइए अनुसार गैरआवसिय नेपाली संघको पाचौं क्षेत्रिय सम्मेलनमा नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा चर्चित कलाकार हरुको उल्लेख्य उपस्थितीमा एक भब्य एनआरएन सास्कृतिक कार्यक्रम हुने भएको छ।

देशका उपल्ला तहमा रहेका नेता देखी पुर्व राज परिवारको दुरुस्त उस्तै नक्कल गरी उनिहरुको भेषमा सजिलै सजिएर दर्शक-स्रोता लाई पेटमिचेर हसाउने क्षमता भएका चर्चित हास्य कलाकार मनोज गजुरेल,'हिउचुलीमा हिउ-यो लर्के जोवान भन कस्लाई देउ ,'बाजो खेतमा छड्के सलाम छ माया लाई पहिलो भेटमा' जस्ता सदावहार लोक गीतमा आफ्नो आवाज सजाएका कलाकार प्रेमराजा महत,लोक गायिका सुनिता दुलाल,आधुनिक तथा गजल गायिका मल्लिका कार्की, यूएईमा राम्रो छाप पारीसकेका स्थानिय कलाकार गान लामा तथा १० गजलमा आफ्नो आवाज दिएर गजल एल्बम सार्वजनिक गर्ने सुरमा रहेका उदयमान गायिका चञ्चला घिमीरे,लगायत कलाकारको बेजोड सास्कृतिक कार्यक्रम हुन गैरएहेको र सो कार्यक्रममा सहभागी भएर भरपूर्ण मनोरन्जन लिन यसै समाचार मार्फत आग्रह गरिएको छ।  
आउदो शुक्रबार १४ जनवरीको दिन दुबइको मुटु तथा यूएईको ब्यबसायिक केन्द्र बिन्दु मानिने ट्रेड सेन्टर देखी नजिकै शेख जायद सडक छेउमा रहेको  क्राउन प्लाजा होटलमा सन्ध्याकालिन प्रहरको उत्तरार्ध ८ बजे देखी सुरुहुने सो सास्कृतिक कार्यक्रममा सहभागिताका लागि समयमै आफ्नो स्थान सुरक्षित गर्न आयोजकले अग्रिम आग्रह गरेको छ।