सूदुर पश्चिम जनसर्म्पर्क समितिका अधक्ष्य तथा समाजसेवी गोपी सिंह ऐरलाई बिदाइ गरियो

लालबहादुर ढेंगा - दुबई-यूएई

गत १४ जनवरी २०११ का दिन दुबइस्थित अरब उड्पी रेष्टुरेण्टमा सूदुर पश्चिम जनसर्म्पर्क समिति यूर्एइका अध्यक्ष गोपी सिंह ऐरलाई गत शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिगत १७ वर्ष अघी देखी यूएईमा कार्यरत ऐर बिभिन्न सामाजिक संघसस्थामा समलग्न रही समाजसेवामा समर्पित थिए।सामाजिक क्षेत्रमा गरेको कामको उच्च मुल्याकंन गर्दै नेपाल फर्किने क्रममा रहेका उनलाई बिदाइ गरिएको हो।    
शिवराज जैसीद्धारा संचालन गरिएको कार्यक्रममा मुख्य अतिथिको आसनमा नेपाली समाचार पाक्षिक पत्रिका कार्यकारी सम्पादक मानबहादुर थापा रहेका थिए भने कार्यक्रमको अध्यक्षता सोही संस्थाका महासचिव धनीराम भण्डारीले गरेका थिए।त्यस्तैगरी अन्य अतिथिमा विभिन्न संस्थाका प्रतिनिधि र पत्रकारहरुको समेत उपस्थित रहेको थियो।

विगत १७ बर्षेखि दुबईमा कार्यरत संस्थापक अध्यक्ष गोपी सिंह ऐरलाई संस्थाका महासचिव भण्डारीलगायत सूदुर पश्चिम जनसर्म्पर्क समिति परिवारले संयुक्त रुपमा दोसल्ला र प्रशंसा-पत्र द्वारा बिदाई गरेको हो। 



यसै बिच नेपाल फर्किने क्रममा रहेका समाजसेवी ऐरलाई यूएई नेपाली एकता समाजले पनि खादा र प्रशंसा-पत्र दिएर बिदाई गरेको थियो। यूएईमा रहदा गरेको समाजसेवा र उन्को भूमिकाको बारेमा प्रशशां गर्दै,स्वदेश फर्किने क्रममा रहेका उनका पहिलाको उज्जवल भविश्यको शुभकामना समेत सो बिदाइ कार्यक्रममा दीईएको थियो।