पाचौ एनआरएन क्षेत्रिय सम्मेलनमा स्थानीय तथा विश्वमा रहेका एनआरएनहरुको बृहत सहभागिताको अपेक्षा

खेमनाथ पौडेल-यूएई-सामूहिक लगानी तथा सुरक्षित आप्रवासन मूल आव्हान सहित आगामी जनवरी १४-१६, २०११ मा दुबईमा  हुन गईरहेको गैरआवासीय नेपाली संघको पाचौं क्षेत्रिय सम्मेलनमा यूएईमा रहेका एनआरएन तथा विश्वमा रहेका एनआरएनहरुको बृहत सहभागिताको अपेक्षा गरिएको सञ्चार संयोजक जेपी सापकोटाले एक प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् । उक्त विज्ञप्तिमा भनिएको छ उत्पत्तिभूमिको संबृद्धिकोलागि विश्वका विभिन्न ठाउाबाट भेलाहुने गैर आवासीय नेपालीहरुलाई स्वागत गर्न पाउनु तपाई हाम्रो गौरवपनि हो । यसर्थ संयुक्त अरब इमिरेट्स्मा रहेका विभिन्न् संघ संस्थाका पदाधिकारी लगायत युएईमा विभिन्न पेशा र रोजगारीमा रहनुभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई संमेलनमा सहभागिताकोलागि हार्दिक अनुरोध गरिएको छ।उक्त सम्मेलनमा विश्वमा रहेका एनआरएनहरुको समेत व्यापक सहभागिता रहने विश्वास लिइएको छ।
सम्मेलनमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मंत्री, श्रम तथा यातायात व्यवस्था मंत्रीको अतिरिक्त श्रम सचिव, नेपाल राष्ट्र बैंकका गभर्नरको उपस्थिति रहने विश्वास लिइएकोछ । त्यस्तै गरी एनआरएनएका पदाधिकालगायत झण्डैं तीस देशमा रहेका एनआरएनहरुको सहभागिता रहने बुझिएकोछ । नेपालका प्रशिद्ध कलाकारको साथमा स्थानीय नेपाली कलाकारहरु उपस्थिति हुने व्यवस्था मिलाइएको छ । रोजगार तथा आर्थिक विशेषज्ञ तथा वैदेशिक रोजगार व्यवसायीहरु सम्मेलनमा भेला हुनेछन् । नेपाल पत्रकार महासंघ तथा अन्य  नेपाली र विदेशी संचारकर्मीहरुको सम्मेलनमा उपस्थिति रहने सापकोटाले जानकारी गराएका छन् । 

सम्मेलनमा विश्वभर रहेका नेपालीहरुका गतिविधि, वैदेशिक रोजगारीको विद्यमान अवस्था, सामूहिक लगानी कोषको अवधारणा, गैर आवासीय नेपालीहरुको भूमिकाबारे जानकारी, आफ्नों क्षेत्रका समस्याहरुबारे छलफल गरिने छ । सहभागीहरुलाई निशुल्क वितरण गरिने स्पोन्सरहरुका सूचनाहरु, लिखित सामाग्रीहरु तथा सम्मेलन किट आदिको व्यवस्था रहेको समेत जनाइएको छ ।

उक्त सम्मेलनमा अन्तरराष्ट्रिय सहभागिता ः १०० डलर ,स्थानीय सहभागिता ः ५० डलर र स्थानीय दिवा सहभागिता ः दिराम १०० मात्र रहेको जनाकारी गराईएको छ । बृहत् स्थानीय सहभागिताको अनुरोधलाई ध्यानमा राखी दिवा सहुलियत सहभागीता शुल्क दिराम १०० मात्र राखिएको र यसमा दुईदिन लन्च समेत समावेश रहेको आयोजकले जनाएको प्रेश विज्ञप्तिमा बताईएको छ । थाप जानकारी सम्मेलन आयोजक समितिका देहायका महानुभावहरुलाई समेत संपर्क गर्न अनुरोध गरिएको छ ।

-चन्द्र रोकाहाः०५५९५३११५०,शुरेश बस्यालः ०५० २५१०४१९,शेष नारायण झाः ०५०३५९२२६७,तुल्सी तामाङ्ग:०५५४७८९८८७,गिरिधारी रिजालः ०५०७२१९१६१,विकास अधिकारीः ०५०८२३८३९३,सन्तोष प्रसाईः ०५५८७५१००९