बिबिध सास्कृतिक कार्यक्रमका बिच २५९५ औ ल्होसार यूएईमा धुमधामका साथ मनाइयो

टेक थजाली मगर- दुबइ सहयोगी
९-जनवरी-२०११- बिश्वभरि छरिएर रहेका तमु गुरुङ हरुले ल्होसार मनाईरहेको समचार सेलाउन नपाउदैं तमु समाज यूएईको आयोजनामा बाग बर्गलाई बिदाई गर्दै बिरालो बर्गको स्वागतार्थ २५९५ औ ल्होसार यूएईमा पनि सम्पन्न भएको छ। बर दुवईको फोर प्वाईन्ट होटलमा गत सात जनवरी शूक्रबार पारेर उल्लेख्य नेपाली समुदायहरुको बिच बिबिध साँगितिक कार्यक्रम गरी ल्होसार मनाईएको हो।यसपालीको गुरुङ तमु ल्होसार बाग बर्गलाई बिदाई र बिरालो  बर्गको स्वागत गर्ने बर्ष परेकोले उपस्थित मध्य बिरालो बर्गमा परेका गुन्जमान गुरुङ,श्री राम,देवी लामा,बिनय र पदम तमुलाई आयोजकले खादा लगाईदिएर स्वागत गर्‍यो।
दुई चरणमा बिभाजन गरिएको पहिलो चरणको कार्यक्रम सञ्चालक तेज बहादुर गुरुङले तमु भाषामै ल्होसारको बारेमा जानकारी गराउनु भएको थियो। सो भाषा कतिले नभुझेपनी शुभकामना मन्तब्य दिने क्रममा राजदुत भन्दै हुनुहुन्थ्यो-गुरुङ समाजमा हुर्किएकोले मैले बुझे,साथै राजदुतले एम.आर.पी. जारी गरिएको र प्राप्त गर्ने प्रकृया बारे जानकारी गराउनु भएको छ।साथै उहाले राहदानी ६ महिना भन्दा कम बहाल मिती रहेको नागरिकले तुरुन्त राज दुतावासमा जानकारी गराउन अनुरोध गर्नु भएको छ। शुभकामना मन्तब्यकै क्रममा एन.आर.एन. एन.सी.सी.का अध्यक्ष चुडामणी ढकालले सामूहिक लगानी तथा सुरक्षित आप्रवासन मूल आव्हान सहित आगामी जनवरी १४-१५, २०११ मा दुबईमा  हुन गईरहेको एन.आर.एन क्षेत्रीय सम्मेलनमा स्थानीय नेपालीलाई सहभागीताको लागि अनुरोध गर्नुभयो।
कार्यक्रम दोस्रो चरणमा प्रवेश गरे लगत्तै श्याम तमु,भिम,रिमा,कल्पना,ज्योती,महिमा,मीना,पार्वती घले सिता थापा,रिजन,मेघ थापा,खुशी परिवार,लगाएत स्थानिय अन्य गुरुङ तमु कलाकारहरुले तमु भाषामा राष्ट्रिय गीतले स्वागत गरेका थिए सोही स्वागत गीतमा कलाकार सन्तोष खाँड ढाकाटोपी ढल्काउदैं आफ्नो कलाको राम्रो परिचय दिन सफल भएको दर्शकहरुको प्रतिकृया थियो।प्रितम तमु र राकेस तमुले मायाले बाध्यो लौ कसम गीतको बोलमा कुनै चलचित्रको हलमा फिल्म हेरेको भान गराए।

अर्की कलाकार अमृता तमुले 'भन्नै नहुने के मात लाग्योनी होसै नहुने'मा दर्शकको स्याव्यास बटुलीन्,गायक कमल क्षेत्रीले 'थाहाँ पाएँ दोबाटोमा' राजेस पाएल राईको स्वरको गीत गाएका थिए।श्याम तमु र तमु समुहले आफ्नो जातिय भेषभुशाको प्रदशन गरेका थिए जसमा केटी तर्फ ज्योती तमु उट्कृष्ठ घोशीत भईन् भने केटा तर्फ श्याम तमु भए।
सुपरिचित गायक ज्ञान लामाले 'लौ है माया बस्यो लैजाउ जाले रुमाल र झम झम स्टलकोट' गीत गाए-लगत्तै दर्शकहरु पनि तातेका थिए।

 
त्यसो त तुलसी तामाङ अनिल दोङ र साथीहरु पनि मञ्चमै पुगेर झम झमी स्टलकोट झलकाउदैँ थिए।सास्कृतिक कार्यक्रमको बिच भागमा श्याम तमु र ज्योती तमुको जोडीले तमु भेषभुशामा माया पिरती भेट भो श्रीमती,माया पिरती मै हुँ श्रीमती गीतको बोलमा उतकृष्ठ अभिनय गरेका थिए जसलाई दर्शकहरुले निकै तारिफ गरेका थिए-लाग्थ्यो हामी आफ्नै गाउघरमा रमाईरहेका छौ।

कलाकार रिजन र मेध थापा मगरले सालैजो भाकामा दर्शकहरुलाई पनि नाच्न वाध्य पारे भने शान्ती शाहले 'हितैको मायालु कहाँ  भेटिएला'मा आफ्नो कलाको जादु पस्कीईन्।

अर्का होनहार स्थानिय युवा गायक हेम सागर लिम्बु निकै जोस र जागर लिएर 'दर्शन नमस्ते' गाउदा गाउदै प्राबिधिक कारणले उनको स्वर लहरमा दर्शक जम्न पाएनन्। गायक नबिन शंकरले भने आफ्नो सुरिलो स्वर मार्फत दर्शकहरुलाई हिउ पर्‍यो फूरूरू को सूचना प्रबाह गर्दै थिए।

अर्की कलाकार अनिता आले पनि के कम 'झलझली आँखामा आफ्नो सपना सजाईरहेकी थिईन्'। यूएईकै अर्का जल्दा बल्दा गायक धनराज सुन्दलीले 'मायाको पहिलो सौगात स्वरुप र पछी पोस्तेकी आमा गाएर' दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे भने अर्का हास्य कलाकार प्रितम तमुको भत्काईदिन्छु 'बाख्राको खोर पनि' ले पनि दर्शकहरुलाई पेटमिची मिची हसायो।अर्की तमु कलाकार कल्पना तमुले मिठो लोक लयमा नाचेर नेपाली पन झल्काएकी थिईन्।स्थानिय नेपाली गायक रोशन राईले 'हिर्काउला लौरीले र वारी जमुना पारी जमुना'गाएर दर्शकलाई नचाए, त्यस्तै गरी कलाकार खुशी परिवारले 'चुलबुले नानीले'बोलको गीत गाएका थिए। साहित्यकार लील बहादुर तमुले भने तमु भाषामै कविता बाचन गरेका थिए।

सोही कार्यक्रममा आयोजकले तमु समाज यूएईलाई महत्वपूर्ण कामगरे बापत योगदानको कदर गर्दै सल्लाहकार तेज बहादुर गुरुङ्लाई सम्मान गरेको छ भने नेपाली आदीवासी जनजाती महासँघ यूएईले कलाकार श्याम तमुलाई सम्मान गर्यो।

 
दोस्रो चरणको कार्यक्रम गुन्जमान गुरुङ र रिमा गुरुङले सम्हालेको भएपनि बिच बिचमा टेक तमु,महिमा गुरुङ-जितेन गुरुङ,लगायतले पालै पालो साथ दिईरहेका थिए जसले कार्यक्रमलाई नयापन दिएको थियो।

 
अपरान्ह ४:३० बजे देखि सुरु भएको कार्यक्रम रातको ९ बजे रातो रानी फूलेझै साझमा तिमी फूल्यौ कलेजी माझमा बोलको गीत सँगै सम्पन्न भएको थियो-यो गीत कलाकार यमन गुरुङले गाएका थिए।
निर्धारित समय भन्दा एक घण्टा पछी सुरु भएको कार्यक्रम  तमु समाज यूएईका अध्यक्ष राजु तमुको सभापतित्व तथा नेपाली राज दुतावासका महामहिमा राजदुत अर्जुन बहादुर थापा मुख्य आथित्यतामा सम्पन्न भयो।अन्य अतिथिहरुमा नेपाली समाज यूएईका अध्यक्ष यम प्रसाद तमु,एन.आर.एन. एन.सी.सी.का आध्यक्ष चुडामणी ढकाल,नेपाली आदीवासी जनजाती महासँघ यूएईका अध्यक्ष भुवन राई,तामाङ समाज यूएईका प्रतिनिधी राम मोक्तान ,मगर सँघ यूएईका अध्यक्ष गीरमान थापा मगर,किरात राई यायोख्याका अध्यक्ष कटक राई,लुम्बिनी समाजका अध्यक्ष डिएल शर्मा,समाज सेवी चन्द्र प्रसाद सापकोटा,पत्रकार महासँघ यूएई शाखाका अध्यक्ष शंकर ज्ञवाली,जनसम्पर्क समिती यूएईका प्रतिनिधी बिमल तामाङ, नेपाली प्रवासी संघका अध्यक्ष यमलाल शर्मा पंगेनी,ईलामेली समाजका अध्यक्ष तुलसी तामाङ,पाँच पोखरी समुहका अध्यक्ष पदम दोङ, अनेसास यूएई शाखाका उपाध्यक्ष शेष नारायण झा (ऋशीशेष)लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेका थिए।
साथै साहित्यकार,कलाकार,पत्रकार,ल्होसार प्रेमी,कला सस्कृति प्रेमी, ब्यवसायी,लगाएत महिलाहरुको पनि उल्लेख्य सहभागिता थियो। मुख्य अतिथि सभापती र नेपाली समाजका अध्यक्ष यम प्रसाद तमु द्वारा सयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

आयोजक समाजका दुबई प्रमुख भोजराज घलेले स्वागत मन्तब्य ब्यक्त गरेपछि अन्य अतिथी लगाएत ईच्छुक महानुभावहरुले १०८ दियो बालेका थिए।  तमु समाज यूएईका सम्बाद सचिव भिम तमु(सबिनय)ले समाजको वार्षिक प्रतिबेदन पढेर सुनाउनुभएको थियो।

 
साथै भक्ती गुरुङ बचाउ अभियानलाई समाजको सकृयतामा एक लाख एक सय रुपिया आर्थिक सहयोग गरेको जानकारी पनि गराउनुभयो।