राष्ट्रिय जनअभियानको टोलि माथि भएको आक्रमणको ओमन तथा यूएई स्थित नेपाली एकता समाज द्वारा भर्त्सना

शालिकराम आचार्य-ओमन सहयोगी-यूएई डेस्क-गणतन्त्र,शान्ति र राष्ट्रियता तथा संघीयताका विरुद्धमा देशव्यापी रुपमा राष्ट्रिय जनअभियान संचालन गरिरहेको राष्ट्रिय जनमोर्चाको टोलि माथि केही दिन अगाडि झापाको विर्तामोड र दमकमा संघीय लिम्बुवान राज्य परिषद्(सन्जुहाङ समूह)का कार्यकर्ताहरुले गरेको आक्रमणको ओमन नेपाली एकता समाज मस्कट र यूएई नेपाली एकता समाज ले छुट्टाछुट्टै रुपमा प्रेस बिज्ञप्ती प्रकाशन गरी घोर भर्त्सना गरेका छन।
ओमन नेपाली एकता समाजका अधक्ष्य शोभाखर लामिछाने तथा यूएई नेपाली एकता समाजका अधक्ष्य मान बहादुर थापा द्वारा अलग अलग रुपमा जारी गरिएको प्रेस बिज्ञप्तीमा संघीय लिम्बुवान राज्य परिषद्(सन्जुहाङ समूह)का कार्यकर्ताहरुले अभियानको नेतृत्व गरिरहेका राजमोका केन्द्रीय उपाध्यक्ष वीरबहादुर गोलेलाई अपहरण गरी आफ्नो कार्यालयमा लगेर कुटपिट गर्नुका साथै टोलीसँग रहेका झन्डा,व्यानर,माइक र पोष्टरहरु समेत लुटेको र राष्ट्रिय जनअभियानको १२ औं दिन प्रशाको विरगन्जमा कार्यक्रम गरिरहेको अवस्थामा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सभासद् रश्मिराज नेपालीको नेतृत्वमा रहेको अभियान टोलीमाथि मधेशी जनअधिकार फोरम उपेन्द्र यादव समुहका कार्यकर्ता द्वारा गरिएको आक्रमण लाई पराजयको पराकास्ट,अतिवादी-साम्प्रदायिकतावादी र विखण्डनबादी तत्वहरुले राष्ट्रजोगाउन टाउको मा कफन बाँदेरहिडेका नेपाल आमाका सच्चा सपुत हरु माथि हमला गर्दै राष्ट्रिय झण्डा समेत च्यात्नुले देसद्रोहीको परिचय उनिहरु आँफैले दिएको घटनाले झन आफ्नो जन-अभियानको महत्व र आब्श्यक्ताको औचित्य अझ बडी बडेको महसुश आम सर्वसाधारणको बुझाई रहेको भनिएको छ।

नेपालको राष्ट्रिय झन्डा,व्यानर र राजमोको झण्डाहरु च्यात्दै माइक कुर्सी र टेवुलहरु समेत तोडफोड गर्दै"राष्ट्रिय जनअभियान’का टोली तथा टोलीका  कार्यक्रममाथि जातिवादी संगठनहरुले गरेको आक्रमणबाट आफ्नो अभियान लाई जनतासम्म पुराउन झन बल मिलेको ति बेग्लाबेग्लै जारी गरिएको प्रेस बिज्ञप्तीमा दावी गरिएको छ। बिज्ञप्तीमा अगाडि भनिएको छ:राजमो मेची-कोशी क्षेत्रीय समितिका सचिव बालकृष्ण सुवेदी सामान्य घाइते बनाउने साथै  पूर्वाचंलमा "राष्ट्रिय जनअभियान'' संचालन गरिरहेको चार नं. टोलीमाथि मोरङको इटहरी बजारचोकमा आफूलाई संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता बताउने अराजक-उच्छृंखल समूहले गरेको आक्रमण र उनीहरु को अलोकतान्त्रिक कृयकलापको हामी घोर भर्त्सना एवम कडा शब्दमा निन्दा गर्छौ।

राष्ट्रजोगाउन संघींयताको बिरोध गर्दै राष्ट्रियताको सवालमा जन अभियान मार्फत जनतालाई आफ्नो विचार बाड्न र देश टुक्राउन बाट बचाउन भन्दै आफ्नो शान्तीपूर्ण जनअभियानका टोली अन्तर्गत भएका घटनाले समग्र गणतन्त्र र लोकतान्त्रिक ब्यबस्था माथि नै खिल्ली उडेको राष्ट्रिय जनमोर्चाको अन्तरास्ट्रिय भात्री सगंठन यूएई नेपाली एकता समाज तथा ओमन नेपाली एकता समाजले घटनाको कडा शब्दमा बिरोध जनाउदै 'राष्ट्रिय जनअभियान’लाई आफुहरुको साथ नेपाली जनताले यस् लाई बुझेकाले जनअभियान अझ शशत्त बनाएर लैजान आग्रह गर्दै सो जन अभियानको टोलीलाई सदैव आफुहरुको साथ र ऐक्यबद्धता रहेको जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।