यूएईमा रहेका स्याङ्जालीहरु सगंठित हुदै/ स्याङ्जालीहरुलाई संपर्कमा आउन अपिल

अनिश्चित आबश्याकता हरु परिपुर्ति गर्नका लागी आफ्ने जिल्ला छाडि युएईमा रहेका स्याङ्जालीहरुको याहि शुक्रबार भेला हुने भएको छ।परिस्थिति र बाध्याताले जिल्ला बाट बाहिरिएता पनि जिल्लाको पहिचान र युएईमा रहेका जिल्ला बासीहरु हरु सामु आईपर्ने सक्ने समस्यालाई मध्यनजर गर्दै भेला को आयोजना गरिएको हो।भेलामा स्याङ्जा बाट यूएई आइ यहाँ बिभिन्न रुपमा रहने सम्पुर्ण ब्याति हरुको उपस्थिति हुने हुदा यहाँ रहेका स्याङ्जालीहरुको तथ्य समेत थाहापाउन सकिने भएकाले भेलालाई महत्वपुर्ण मानिएको छ।जनवरी सात तारिक बर दुबई स्थित अरब उडुपी होटलमा दिउसो १ देखि ३ बजेसम्म सन्चालन हुने कार्यक्रममा सम्पुर्ण स्याङ्जालीहरु लाई उपस्थित हुन अग्रह समेत गरीएको छ । जस्को थप जानकारी तथा सम्मपर्कको लागी चन्द्र रोकाहा को मोबाईल नम्बर ०५५९५३११५० र भुपराज बस्याल को यो नम्बरमा ०५०२९६३९६७ मा सम्पर्क गर्न यसै समाचार मार्फत आग्र्ह गरिएको छ ।
भेलामा स्याङ्जालीहरुको हकहितको लागी नयाँ कार्यसमिति पनि गठन गरिने हुदा भेला को महत्व अझ बढेको समाजसेवि चन्द्र रोकाहाको भनाई छ।उनि भन्छन् युएईमा रहेका स्याङ्जालीहरु हरुको यो महत्वापुर्ण क्षण हो त्यसकारण भेलामा उपस्थित हुन स्याङ्जालीहरु हरुलाई आग्रह गर्दछु ।

सिमित अबधिकालागी होटलको ब्याबस्थापन गरिएको हुदा समयमै उपस्थितभई प्रबासमा आफ्नो स्याङ्जाली को भेला सफल पार्न समाजसेबि रोकाहा ले आग्रह गरेका छन् ।

--भुपराज बस्याल-दुबई