अनेसास यूएई च्याप्टरको अलऐन क्षेत्रीय समिति पुनर्गठन

   विरही रिजाल
आबुधाबी सहयोगी
२२ जनवरी २०११ -यूएई-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज  यूएई च्याप्टरले  गत मिति २१ जनवरी २०११ का दिन अलऐनको अल हाना ट्रावल्समा एक साहित्यिक भेला गरेर अलऐन क्षेत्रीय समिति पुनर्गठनका  साथ  साहित्यिक कार्यक्रम  सम्पन्न गरेको छ । अनेसास यूएई च्याप्टरका महासचिव गिरधारी रिजालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा च्याप्टरका सचिव जीवन कोइराला र सदस्य शिवलाल सापकोटाको पनि उपस्थिति रहेको थियो ।
नारायण कोइरालाको अध्यक्षतामा गठन गरिएको उक्त समितिको उपाध्यक्षमा  गौतम क्षेत्रीय, सचिवमा नारायण लम्साल, सहसचिवमा उमानसिंग सारुमगर, कोषाध्यक्षमा कृष्ण कुँवर निर्वाचित भएका छन् भने सदस्यहरुमा गोबिन्‍द लिम्बू, रुद्रमणि भट्टराई, तेज प्रसाद विक, जितेन्द्र गुरुङ र संतोष केसी निर्वाचित भए । यसैगरी सल्लाहकारहरुमा ओम सुब्बा, अनिलराज पाण्डेय र आनन्द देवान लाइ मनोनीत गरिएको छ । 

नवनिर्वाचित अलऐन क्षेत्रीय समितिका पदाधिकारीहरुलाई केन्द्रीय सदस्य शिवलाल सापकोटाले कार्यकालको सफलताको शुभकामना मन्तब्य दिएका थिएभने सचिव जीवन कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।   उक्त भेलामा उपस्थित साहित्यकारहरुले आआफ्ना रचनाहरु वाचन गरेर आनन्द लिएका थिए ।

 
नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मन्तब्य दिने क्रममा भेलाका अध्यक्ष गिरधारी रिजालले भर्खरै मात्र यूएईमा साहित्यिक एकिकरण भै अनेसास यूएई च्याप्टरको नामले काम गरिरहेको र यसलाई विश्वभर चिनाउन समग्रमा नेपाली साहित्यकारहरु एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको औल्याउदै अनेसास र नेपाली भाषा साहित्यको हितमा कार्य गर्नुपर्ने हाम्रो आजको दायित्व हो भने हामीले विधानत अनेसास यूएईको कार्ययोजनानुसार अघि बढ्नेछौं भन्दै  यसमा सबैले हातेमालो अनि सहकार्य गर्न आव्हान समेत गरेका थिए ।