तमु समाज यूएईले चेलीबेटी भोजको आयोजना गर्न

   टेक थजाली
 - दुबई-सहयोगी

२१ जनवरीमा बर दुबईमा सम्पन्न तमु समाज यूएईको बैठकले फेब्रवरी चारमा चेलीबेटीलाई भोज (रीं चमें स्यो कई)को कार्यक्रम गरिने निर्णय गरेको छ।समाजका अध्यक्ष राजु गुरुङको सभापतित्व तथा वरिष्ठ सल्लाहकार यम प्रसाद तमुको प्रमुख आतिथ्यमा बसेको समिक्षात्मक बैठकले डेरा दुबई स्थित अल मम्जर पार्कमा भोजराज घलेको संयोजकत्वमा कार्यक्रमा गरिने भएको हो।
समाजका प्रबक्ता भिम तमु 'सबिनय; द्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईए अनुसार प्रवासमा पनि स्वदेशको याद दिलाउने आफ्नो सस्कृतिलाई बचाउ र हाम्रो अस्तित्व बचाउ भन्ने अभियानमा लागि पर्दै गत बर्ष देखी यस रिं चमें अर्थात (चेलीबेटी भोजको)सुरुवात गरिएको हो।

गत बर्ष पनि अबुधाबी स्थित कर्निस गार्डन पार्कमा कार्यक्रम गरिएको थियो ।

भोजमा संपुर्ण दिदीबहिनीहरुलाई आफ्नो दाजुभाईहरुले मन परेका बिभिन्न खाना खुबाएर प्रसन्न पार्ने चलन रहेको छ।त्यसैले सम्पूर्ण तमु- तमुस्योहरुलाई उपस्थिती भईदिनको लागि समाजले बिनम्र अनुरोध गरेकोछ। आवस्यक जानकारिको लागि निम्न ब्यक्तीहरुलाई सम्पर्क गर्न सकिने प्राप्त समाचारमा जनाइएको छ ।

भोजराज घले ०५५८१४६१०७ ,होम तमु प्रबिन ०५५६०२८२५७ भिम तमु �सविनय�०५५९९११४१७  जितेन तमु  ०५५२५८२२७३,हरी तमु  ०५०५३४३७६७,  राजिन तमु ०५०५१८५६१४