नेपाली समाज यूएईको अध्यक्षमा कृष्ण ढकाल निर्विरोध निर्वाचित

अर्जुन दाहाल-दुबई

नेपाली समाज यूएईको अधक्ष पदमा निर्विरोध निर्वाचित कृष्ण ढकाल, निर्वाचित भए पछी प्रमाण पत्रका साथमा
२९ जनवरी २०११-संयूक्त अरब ईमिरेट्स यूएई मा रहेका नेपालीहरुको साझा संस्था नेपाली समाज यूएईको निर्वाचन हिजो बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा नेपाली समाजका भू.पू.अध्यक्ष कृष्ण ढकाल सर्वसम्मत निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का उम्मेद्वार नेपाली समाजका पूर्व अध्यक्ष तथा सस्थापक सदस्य चन्द्रप्रसाद सापकोटाले यस अघिझै यहाँस्थित सबै संघ संस्थालाई एकीकृत गरेर लैजाने शर्तमा श्री ढकाललाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिनु भई सर्वसम्मत निर्वाचन सम्पन्न गएको हो । सो संस्थाको निर्वाचित हुने पाँच वटा पदहरुमा सालिक सुवेदी र होम रानाभाट उपाध्यक्ष महासचिवमा प्रकाश कोइराला र कोषाध्यक्षमा मधुकर बेलवासे निर्विरोध निर्वाचित हुनु भएको छ।

गत २४ डिसेम्बरमा नेपाली समाजको निर्वाचन संबन्धि व्यवस्थापन गर्न बसेको भेलाको शंकर ज्ञवालीको संयोजकतत्वमा  डिआर गुरुड। र आसिफ अलि सिद्धिकी सहितको निर्वाचन समितिलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो । अध्यक्षका लागिमात्र दुई जनाको उम्मेद्वारी परेकाले निर्वाचन प्रकि्रया बाट नै अध्यक्ष निर्वाचित हुने निश्चित थियो । तर नेपाली आदिवासी जनजाति महासंघ र यसमा आवद्ध संघसस्था लगायतले अध्यक्षको निर्वाचन भोट खसालेर नभई सर्वसम्मत सहमतिमा हुनुपर्ने माग राख्दै भोिटंग भएमा आफूहरु निर्वाचन प्रकि्रयामा भाग नलिने जनाउँदै  हिजो बिहानै एक प्रेस विज्ञप्ति मार्फत जनाएका थिए ।
 जनजाति महासंघ यूएईका अध्यक्ष भुवन राईले सो कुरा निर्वाचन स्थलमा पुनः राखे पछि सहमतिको वातावरण बन्न सफल भएको थियो । निर्वाचन प्रकि्रयामा सहमतिका लागि सहजकर्ताको भुमिका निर्वाह गर्नकालागि कार्यक्रमका प्रमुख अतिथि गैर अवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाहलाई निर्वाचन समितिले जिम्मा दिइएको थियो । सहजकर्ता शाहले नेपाली समाजमा आवद्ध १९ वटा संघसस्थाका प्रतिनिधिहरुलाई सहमतिका लागि सहभागिहुन बोलाई सोही प्रतिनिधिहरुका मागलाई दुई उम्मेद्वार विचमा राख्ने वातावरण तयार पार्नु भएको थियो ।


जनजाति महासंघसँग आवद्ध संस्थाले अध्यक्षका उम्मेदवार कृष्ण ढकालले संघियता बिरोधी आन्दोलनमा सकृय रुपमा भागलिनु भएकोले उहाँले सो अभियानमा भाग नलिने प्रतिबद्धता जनाउनु पर्ने माग राखेको थियो।अध्यक्षका प्रत्यासी उम्मेदवार ढकालले नेपाली समाज सामाजिक कार्यगर्ने संस्था भएकाले यसको कार्यभार सम्हाले आफूले आफ्नो ब्यत्तिगत बिचार लाई जीवन्त राख्दै नेपाली समाज र यस् का मातहतमा हुने आम सभामा कुनै पनि राजनितिक मुद्दालाई समर्थन वा बिरोधमा नलैजाने प्रतीबद्दता ब्यत्त गरे पछी प्रतिबद्धता जाहेर गर्नु भएको थियो । सोही बमोजिम जनजाति महासंघका अध्यक्ष भुवन राईले अध्यक्षमा जो आएपनि जनजाति महासंघ र यससँग आवद्ध संघसस्थालाई आपत्ति नरहेको बताएपछि अर्का प्रत्यासी उम्मेदवार चन्द्रप्रसाद सापकोटाले अध्यक्षमा श्री ढकाललाई समर्थन गर्नु भएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि रामेश्वर शाह नेपाली समाजका निवर्तमान अध्यक्ष यम तमू र निर्वाचन समितिका संयोजक शंकर ज्ञवालीले निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए आईसीसीका कोषाध्यक्ष रामेश्वर शाह नेपाली समाजका संस्थापक मुक्ती राई अर्जुनबाबु श्रेष्ठ र शारदाप्रसाद भट्टराई गैर आवासीय नेपाली संघ राष्ट्रि्रय समन्वय परिषद्का अध्यक्ष चुडामणी ढकाल लुम्विनी वेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा आदिले शुभकामना प्रदान गर्नु भएको थियो ।

अध्यक्षमा निर्वाचित पोखरा उपमहानगरपालिका ढुंगेसाघु-टुटुंगा निवासी कृष्ण ढकाल १९९६ मा नेपाली समाज यूएईको साधारण सदस्य भै २००३-२००५ तथा २००५-२००६ को नेपाली समाजको केन्द्रीय अध्यक्ष भई कार्यभार सम्हाली सक्नुभएको छ ।