नेपाली समाज यूएईको निर्वाचनका लागि उम्मेद्बवारी को नामावली सार्वजनिक/अध्यक्षमा भूपू अध्यक्ष द्वय भिड्ने

उमाकान्त पाण्डे गाउले र अर्जुन दाहाल

२६ जनवरी, दबई -नेपाली समाज यूएईको निर्वाचनकालागि उम्मेदवारी नामावली र्सार्वजनिक गरिएको छ ।१ अधक्ष्य सहित ३ उपाधक्ष्य,१ महासचिव, र १ कोषाधक्ष्यका लागि गरिने निर्वाचनका लागि तोकिएको समय सिमा भित्र पर्न आएको उम्मेद्बवारी नामावली निर्वाचन समितीले हिजो मगंलबार सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सुचनामा जनाए अनुसार १ अधक्ष्य पदका लागि २ उम्मेद्बवार,र ३ उपाधक्ष्यका लागि २ उम्मेदवारी र १ एक मात्र पदका लागि गरिने महासचिव र कोषाधक्ष्यको निर्वाचनका लागि १ , एक उम्मेदवारी पर्न आएको छ।
अधक्ष्य पदका लागि कृष्ण ढकाल तथा चन्द्रप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन। उम्मेदवारी दिने दुबै जना नेपाली समाजका भु.पु.अध्यक्ष समेत हुन।दुबै उम्मेदवारले नेपाली समाज यूएईमा आफ्नो विशेष योगदानको दावी सहित उम्मेदवारी दिएका हुन।

जनवरी २८ तारेख हुन गईरहेको निर्वाचनमा २ उम्मेदवार मध्ये १ जना कसैले आफ्नो उम्मेदवारी फिर्ता वा चुनावी मैदान छोडेको खन्डमा बाहेक अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ।

उपाधक्ष्य पदका लागि लागि रहेका ३ स्थानमा सालिक सुबेदी र होम रानाभाट गरी २ जनाको मात्र उम्मेदवार पर्न गएकोले यसका लागि बाटो सहज हुने देखिन्छ। यधपी अन्य आवश्यक पद तथा सदस्यका लागि भने कार्यसमितिले मनोनयन गर्ने प्रावधान रहेको जनाइएको छ।

त्यसै गरी १ मात्र ब्यत्ती रहनेगरी रहेका दुई पद महासचिव तथा कोषाधक्ष्यका लागि १ एक जनाकोमात्र प्रकाश कोइराला र कोषाध्यक्षमा मधुकर बेलबासेको उम्मेदवारी परेको छ।

उपाध्यक्ष,महासचिव र कोषाध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित हुने देखिए पनि १ अधक्ष्य पदका लागि २ उम्मेद्ववार परेका कारण कडा प्रतिस्पर्धाका बिच निर्वाचन हुने देखिन्छ।