प्रवासी नेपाली संघ यूएईको उत्तरी इमिरेट्स समन्वय समिति गठन

-उमाकान्त पाण्डे गाउले

दुबइ -गत शुक्रबारका दिन प्रवासी नेपाली संघ यूएईको दुबइमा बसेको बृहत् भेलाले संघको उत्तरी इमिरेट्स समन्वय समिति गठन गरेको छ। यस् समिती अन्तरगत यूएईका दुबइ - सारजाह , फुजेराह-अजमान रसअलखेमा लगायत पर्ने जनाइएको छ ।

यूएईको भौगोलिक वनाबाट लाई मध्यनजर गर्दै संघले अलएैन तथा आबुधाबीका का बिभिन्न क्षेत्र लाई मध्यनजर गर्दै यस् अघीनै दक्षीणी एमिरेट्स समन्वय समिति गठन गरेको छ।
भेलाले नवराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ यधपी १ सदस्य पछी नियुत्त गरिने जनाइएको छ। गठित समितीका पदाधिकारी हरुमा क्रमशः उपाध्यक्षमा द्वय पूर्ण प्रकाश पुर्व छाने मगर र पुरुषोत्तम खनाल,कोषाध्यक्षमा रामकुमार ढुंगेल, सचिवमा दामोदर दाहाल र सह-सचिवमा गोपाल भण्डारी चयन हुनुभएको छ भने अन्य एकजना सदस्य पछि राख्ने गरी खगेन्द्र भट्टराई,खेमप्रसाद भुर्तेल,कृष्ण भुषाल,बद्रीकुमार श्रेष्ठ,ज्ञानप्रसाद न्यौपाने,श्रृजना काफ्ले,कृष्णप्रसाद पाण्डे र दयाराम श्रेष्ठ चयन गरिएको छ ।

प्रवासी नेपाली संघ यूएईका केन्द्रीय उपाध्यक्ष लोकनाथ सुवेदीको सभापतित्व,सचिव गीता मणी पाण्डेको संचालनमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीको रुपमा सगठन बिभाग प्रमुख लक्षमण सापकोटा रहेको बिशेष स्रोतले जनाएको छ।

नवनियुक्त पदाधिकारीहरुलाई संघका केन्द्रीय उपाध्यक्ष तथा सगंठन बिभाग प्रमुख लक्षमण सापकोटाले नयाँ गठित समितिको कार्यसफलताको कामना गर्दै संघको औचित्य र यसले खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्दै प्रशिक्षण समेत दिएका थिए।

नेकपा एमालेको प्रवास कमीटी अन्तर्गत प्रवासी नेपाली संघ यूएई केन्द्रिय स्तर बाट इलाका कमिटीको मान्यता प्राप्त प्रभावकारी समिती भएको दावी गरिन्छ ।

हामीलाई संघका संगठन बिभाग प्रमुख सापकोटाले जनाएअनुसार संघको उत्तरी इमिरेट्स समन्वय समिति प्रवासी संघ यूएईको केन्द्रिय समिती पछी दोस्रो महत्वपूर्ण हो ।