विश्व शान्तीको कामना गर्दै उल्टो साइकल यात्री यूएईमा

अर्जुन दाहाल,

 यूएई डेस्क-उल्टो साइकल यात्रा गर्ने नेपालकै प्रथम र एक मात्र साइकल यात्री विरेशप्रसाद दाहाल र सहयोगी बबिन बस्नेत अहिले यात्राको क्रममा संयूक्त अरब ईमिरेट्स यूएई को दुबईमा आइपुगेका छन् । त्रियुगा नगर पालिका वार्ड नं ६ उदयपुरका दाहालले बि.स. २०५७ मा उल्टो साइकल यात्राको सुरु गरेका थिए । उनले सो बेलामा १४ कि.मी. छोटो उल्टो साईकल यात्रा गरेको बताए।वि.स.२०६२ देखि विधिवत्रुपमा मेचीकाली उल्टो साइकल यात्रा सुरु गरेका यात्री दाहालले हालसम्म सार्करास्ट्र भारत भुटान बंगलादेश मालद्विप्स,लगायत थाइलैण्ड,मलेशिया,सिगांपुर,इन्डोनेसिया,कम्बोडिया गरी १० मुलुकको उल्टो साइकल यात्रा गरिसकेका छन् ।
सुल्टोबाट त धेरैले साइकल यात्रा गर्न सक्छन् तर उल्टोबाट साइकल यात्रा गर्दै विश्व भ्रमण गरी नेपाल र नेपालीको नाम विश्व सामु चिनाउनु लक्ष्य उनको रहेको छ । उनी विश्वकै पहिलो उल्टो साइकल यात्री भई नेपालको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेख्न चाहन्छन् । उल्टो संसारसाइकल यात्रा गरेर संसारमा दिगो शान्ति मानव भाइचारा नेपाल र नेपालीको पहिचान उनको प्रमुख नारा रहेको छ भने यो वर्षको लागि नेपाल पर्यटन वर्ष २०११ सफल पारौं भन्ने नारा रहेको बताउँछन् ।

उनको सम्मानमा यूएईमा नेपाली समाज यूएई,नेपाल पत्रकार महासंघ यूएई शाखा नेपाली जनप्रगतिशिल मन्च यूएई नेपाली एकता समाज नागरिक सेवा समाज स्यांङ्जाली समाज लगायत अन्यसंघसंस्थाहरुले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।