नेपाली समाजको पद्पुर्ती कार्य अन्तिम चरणमा,पदाधिकारीहरूको सपथ ग्रहण आउदो शुक्रबार

-अर्जुन दाहाल

२८ फेब्रुरी २०११, दुबइ -नेपाली समाज यूएईको नव निर्वाचित केन्द्रीय समितिको पदाधिकारीहरूले आगामी शुक्रबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष कृष्ण ढकालले जानकारी गराएका छन ।

नेपाली समाजले रिक्त रहेका पदहरू पुर्ती गर्न दुई चरणको छलफल सम्पन्न गरेको छ । नेपाली समाजले रिक्त रहेका पदहरूको पुर्ती गर्नका निम्ति गत ४ फेब्रुरीमा जनजाति महासंघ र यसमा आवद्ध संघसस्था, प्रवासी इलामेली समाज, नागरिक सेवा समाज, मगर समाजसँग भएको सहमतिबाट प्रवासी इलामेली समाजका अध्यक्ष तुलसी तामांगलाई समाजको पार्ष् अध्यक्षमा र्सवसम्मत मनोनित गरेको थियो । त्यस्तै उपाध्यक्षमा मगर समाज यूएईका भरत रानामगर, सचिवमा नागरिक सेवा समाजका उमाकान्त पाण्डे गाउँले लाई मनोनित गरेको थियो।
नेपाली समाजको सदस्यहरूमा तमु समाजबाट भिमबहादुर गुरुंग, किरात र्राई यायोक्खाबार्टर् इश्वरधन र्राई र तामांग समाजबाट काजीमान घिसिंग मनोनित भएका थिए ।

पहिलो चरणको पदपुर्ती कार्य पछि नेपाली समाजले गत १८ फेब्रुरीमा दोश्रो चरणको पद्पुर्ती कार्य सम्पन्न गरेको छ । जसबाट सहकोषाध्यक्षमा सुदुर पञ्चिमेली समाजका शिवराज जैशीलाई मनोनित गरेको छ भने सदस्यहरूमा मुस्लिम फोरमका मोहम्मद अयूब,इमिरेट्स नेवा पुचका भिमनारायण श्रेष्ठ, दुबइ नेपाल जनकल्याण राहत प्रतिष्ठानका टेक थजाली मगर,नेपाल सेन्ट्रलप्वाइन्ट हेल्पिंग हेण्डका भिमबहादुर हमाल,फेवा फोर्सका गुप्तशेखर पौडेल,नेपाली महिला समाजका शोभा भण्डारीलाई मनोनित गरेको छ।
नेपाली समाजका आजिवन सदस्यबाट शिबलाल विश्वकर्मा र अभिनारायण अधिकारीलाई सदस्यमा मनोनित गरेको छ।यसरी निर्वाचित पाँच र मनोनित १५ गरी २० जनाको कार्यसमिति बनेको छ भने बाँकी चारजना सदस्यहरू मनोनयन गर्ने क्रम जारीरहेको जानकारी प्राप्त भएको छ ।

नेपाली समाजले समाजका संस्थापक मुक्ति र्राई, अर्जुनबाबु श्रेष्ठ, शारदा प्रसाद भट्टर्राई र संस्थापक तथा भूपू अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई सललाहकारमा चयन गरेको छ । त्यस्तै भूपू अध्यक्षद्वय यम तमू र रामेश्वर शाहलाई सल्लाहकारमा चयन गरेको छ । त्यस्तै समाज सेवी सुरेशचन्द्र उपाध्याय, मोहन शर्मा, चन्द्र रोकाहा र लक्ष्मण सापकोटालाई पनि सल्लाहकारमा चयन गरेको छ ।

गत जनवरी २८ मा निर्वाचनबाट अध्यक्षमा कृष्ण ढकाल, उपाध्यक्षमा सालिक सुबेदी र होम रानाभाट, महासचिवमा प्रकास कोइराला र कोषाध्यक्षमा मधुकर बेलबासे र्सवसम्मत निर्वाचित भएका थिए ।