नेपाली जनप्रगतिशिल मंच यूएईको अबुधाबी क्षेत्रीय भेला नव समिती गठन गर्दै संम्पन्न/मार्च ११ मा बनभोज कार्यक्रम


-उमाकान्त पाण्डे गाउले

नेपाली जनप्रगतिशील मंच यूएईको आबुधाबी क्षेत्रिय समितीको भेला सम्पन्न भएको छ। आबुधाबी क्षेत्रीय समितिका सल्लाहकार सम्योजक राम बहादुर शाहीको अध्यक्षतामा संम्पन्न सो भेलाले सल्लाहकार सहित सर्बसम्मत १५ सदस्य अबुधाबी क्षेत्रीय समितिको पुनर्गठन गरेको छ|पुनर्गठित समितीको अध्यक्षमा रवि रमण अधिकारी,उपा-धक्ष्यमा केयर बहादुर विक,सचिबमा कृष्णहरि बि.क.,सह -सचिबमा बद्रि श्रेष्ठ,कोषाध्यक्षमा गान्धी बहादुर .जी ।सी।,सदस्यमा क्रमश:राजकुमार पुन,काजिमान गुरुङ,अनिल माझी,विक्रम लामा,खिम परियार,सुनिल कार्की र सल्लाहकारमा राम शाहीको संयोजकत्वमा रेशम भुजेल,रघु बराल,चन्द्र गुरुङ रहेको जनाइएको छ। 
शहिदहरुको सम्झनामा  मौन धारण गर्दै सुरुभएको सो भेलामा केन्द्रीय समितिका सल्लाहकार संयोजक पिताम्बर पोख्रेल,महासचिव श्याम परियार,के.सदस्य कृष्ण भाट र रवि खनालको विषेश उपस्थिति रहेको थियो|
सो कार्यक्रममा यूएईको वर्तमान परिबवेशका बारेमा छलफल गर्दै प्रवासी नेपालीले भोगेका समस्याहरुलाई संगठनमा एकताबद्द भएर नव नियुत्ती    गर्न सकिने भएकाले सम्पूर्ण नेपाली प्रवासीहरुलाई संगठनमा आबद्द गर्दै लैजानु पर्ने सुझाब राख्दै सहभागी सबैले आउदा दिनमा संगठनलाई विस्तार गर्न कृयशील रहने प्रतिबद्दता समेत ब्यक्त गरेका थिए|
सो अवसरमा संगठनको आगामी योजना र वर्तमान राजनैतिक परीवेशको बारेमा केन्द्रबाट बिशेष रुपमा उपस्थित महासचिव श्याम परियार,सल्लाहकार संयोजक पिताम्बर पोख्रेल र कृष्ण भाटले विषेश प्रशिक्षण समेत दिएको समाचारमा उल्लेख गरिएको छ।
पुनर्गठित क्षेत्रीय समितिले केन्द्रीय समितिको निर्देशन बमोजिम महान जनयुद्दको १६ औ वर्षगाठलाई स्थानीय स्थरमा व्यापक सहभागीमूलक कार्य  क्रम गरि मनाउने योजना अनुरुप यही मार्च ११ शुक्रबारका अबुधाबीमा सामुहिक वनभोज कार्यक्रम सहित  विभिन्न सास्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाउने निर्णय गरेको छ|कार्यक्रममा सहभागीताकोलागि संम्पर्क समिति समेत गठन गरि क्षेत्र बिभाजन गरिएको छ।

बिस्तृत  जानकारीका लागि  सम्पर्क गर्न दिएको नम्बर अनुसार मुसाफाह आबुधाबीमा बल बहादुर बि.क.०५०-३०२८५५२ र खेम परियार-०५०७५१ ४८२० अबुधाबीका लागि नेत्र केसी ०५५७५८२४३४,रवि खनाल ०५५९८४१२५८,राज कुमार पुन ०५०५६३७६३८,अनिल माझी ०५५८५२७५२६,सुनिल कार्की ०५०८८२५७२९,काजी मान-०५५२८५५५४०, मा सम्पर्क गर्न जनाइएको छ।

सो बनभोज कार्यक्रम आउदो शुक्रबार मुसफा रोड,कर्नेस ठुलो मस्जिद नजिकै रहेको पार्कमा गरिने जनाइएको छ। बिहान ९ बजे देखी कार्यक्रममा जुट्न यसै समाचार मार्फत आग्रह गरिएको छ।

सो बनभोज कार्यक्रममा सहभागी हुन चाहनुहुने सम्पूर्ण लाई आगामी ९ तारिख सम्म नाम दर्ता गराउनु हुन उत्सुक सबै प्रवासीहरुमा बिशेष अनुरोध समेत गरिएको छ |