नेपाली समाज यूएई द्वारा मृतक परिवारलाई आर्थिक सहयोग

- जेपी सापकोटा
अबुधावी -दुबईको जेबलअलीस्थित ट्रान्सगल्फ सिमेन्ट प्रोडक्समा काम गर्दागर्दै गत बर्ष मृत्यु भएका बाबुराम तामाङको परिवारलाई नेपाली समाज युएई अबुधावी क्षेत्रिय समितिको पहलमा ७२ हजार ४७ रुपैया सहयोग गरेकोछ ।भोजपुरस्थित बाणिज्य बैंकस्थित मृतककी धर्मपत्नी ज्ञानुमायाको नाउँमा रहेको खातामा मार्च १ तारिक सो रकम युएई एक्सचेन्ज मार्फत पठाइएको रसिद सहित उपस्थित भएका सो समाजका क्षेत्रिय अध्यक्ष रामगोपाल थापाले जानकारी दिए।
मृतक तमाङको पारिवारिक आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले निजका आफन्त सलबहादुर तामाङले दिएको निवेदनको आधारमा सो रकम संकलन गरिएको थियो । सम्पूर्ण सहयोगदाताहरुलाई साङपाङ गाविस वडा नं। ५ निवासी मृतकपत्नीले हार्दिक कृतज्ञता प्रकट गरेको उल्लेख गर्दै अबुधावी क्षेत्रिय समितिको तर्फबाट समेत हार्दिक धन्यवाद प्रकट गरिएको थापाले बताए  ।

निरन्तर समाजसेवामा खटिएका थापाले भर्खरैपनि अर्का्र संखुवासभाका दिपेन कुमार परियारको तर्फबाट मुद्धा लडेर कम्पनी तथा बीमा कम्पनीबाट प्राप्त २ लाख ८० हजार दिराम करीब ५४ लाख रुपैया नेपाली दुतावास युएई मार्फत मृतकका आफन्तलाई पठाउन सफल भएका थिए ।