विश्व उल्टो साइकल यात्री तथा उनका सहयोगी यूएईमा सम्मानित



-उमाकान्त पाण्डे गाउले

दिगो विश्व शान्ति,नेपाल र नेपालीको पहिचानका निम्ती विश्व साइकल यात्रा गर्ने तीन नेपाली नागरिक लाई यूएईमा एक बिशेष कार्यक्रमका बिच स्वागत-सम्मान-एवम अभीनन्दन गरिएको छ।उल्टो साइकल चलाई विश्व भ्रमण गर्ने उदयपुरका विरेशप्रसाद दाहाल,उनका सहयोगी बबिन बस्नेत तथा अर्का सुल्टो साइकल यात्री काभ्रेका जनार्दन खनाल लाई सम्युत्त रुपमा गत शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो।
नेपाली समाज यूएईको सम्योजकत्वमा बर दुबइ स्थित एभरेस्ट इण्टरनेशनल होटेल परिसरमा सम्पन्न सो कार्यक्रममा समाजमा आबद्द तथा यहाँ अस्तित्वमा रहेका बिभिन्न सामाजिक संघसस्थाले खादा , प्रशंशा पत्र तथा आर्थिक सहयोग गरी सम्मान गरेका हुन। सो सम्मान कार्यक्रममा जम्मा ११ वटा संघसस्थाले सहभागीता जनाएका थिए।
 
सम्युत्त अरब एमिरेट्स यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाको प्रतिनिधि मुलक छाता सस्था नेपाली समाज यूएईको संयोजकत्वमा आयोजित सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएई शाखा,यूएई नेपाली एकता समाज,नेपाल जन सर्म्पर्क समिति,नेपाली जनप्रगतिशिल मञ्च दुबइ क्षेत्रीय समिति,नागरिक सेवा समाज,स्यांङ्जाली समाज,धादिङ वेलफेयर सोसाइटी,ब्याडथ्री फिल्मस ग्रुप,चौतारी समूह,महिला समाज यूएई गरी ११ संघसस्थाले सम्मान गरेका थिए।

नेपाली नागरिक साइकल यात्री त्रय दाहाल, बस्नेत र खनालको समानार्थ आयोजित सो कार्यक्रममा प्रमुख अतिथि यूएईकाका लागि नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापा,विशेष अतिथि एनआरएनए आइसीसीका कोषाध्यक्ष रामेश्वर शाह र कार्यक्रमका सभापति नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाललले खादा ओर्ढाई सम्मान पत्र प्रदान गर्दै अभिनन्दन गरियो ।

उल्टो साइकल यात्री विरेसप्रसाद दाहालले यात्राको अनुभव ब्यत्त गर्ने क्रममा गौतम बुद्ध नेपालका हुन भनेर विदेसीलाई बताउँन पाउँदा खुसी लागेको भनाइ राखेका थिए।त्यस्तै उनका सहयोगि बबिन बस्नेत र अर्का ३० वटा मुलुकको यात्रा सम्पन्न गरिसकेका जनार्दन खनालले यात्राका अनुभव
सुनाएका थिए।

कार्यक्रममा उपस्थित साइकल यात्रीको विश्व भ्रमणबाट नेपाल र नेपालीको पहिचान विश्व सामु दिदैं दिगो विश्व शान्तिको कामना गर्दै जोखिम पूर्ण यात्राको सम्मान गर्दै प्रमुख अतिथि राजदूत थापा,विशेष अतिथि एनआरएनए एनसीसीका रामेश्वर शाह, कार्यक्रमका सभापति कृष्ण ढकाल, नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शेषनारायण झा, अन्तरास्ट्रिय नेपाली साहित्य समाजका प्रतिनिधि निमेष गिरी,प्रवासी नेपाली संघका उपाध्यक्ष तथा र्सवदा वाङ्मय प्रतिष्ठान यूएईका अध्यक्ष लक्ष्मण सापकोटा,नेपाली जनसर्म्पर्क समितिका प्रतिनिधि भुवानी तिमल्सिना,नेपाली जनप्रगतिशिल मञ्च दुबइ क्षेत्रीय समितिका अध्यक्ष हेमन्त पौडेल,स्याङ्जाली समाजका अध्यक्ष चन्द्रबहादुर रोकाहा, नागरिक सेवा समाजका अध्यक्ष हिरालाल श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए।
 
गत जनवरी २८ मा सम्पन्न निर्वाचन बाट निर्वाचित नेपाली समाज यूएईको नव गठित कार्यसमितीको पहिलो कार्यक्रमको रुपमा आयोजित सो कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाज यूएईका पार्षद अध्यक्ष तुल्सी तमाङ द्वारा स्वागत मन्त्यब्य,समाजका केन्द्रिय महासचिव प्रकाश कोइरालाले कार्यक्रम आयोजना गर्नु पर्नेको कारण बारे प्रस्टाएका थिए भने कार्यक्रमको सन्चालन समाजकै सचिव उमाकान्त पाण्डे गाउले ले गरेका थिए।
  
साइकल यात्रीको सहयोग स्वरूप नेपाली समाजको संयोजकत्वमा सकंलन गरिएको यूएई धिराम्श ३२०० अर्थात करिव ६४ हजार नेपाली रुपैंया बराबर रुपमा सहयोग र समान स्वरुप प्रदान गरिएको थियो।

साइकल यात्री द्वय दाहाल र बस्नेत गत हप्ता नै यूएई छिरेका थिए भने खनाल गत बिहीवार मात्र आएका हुन।उल्टो साइकल यात्री दाहाल र सहयोगी बस्नेत लाई यूएईका स्थानिय सामाजिक संघसस्था सँग संपर्कमा ल्याइ जनस्तर सम्म पुराएका साहित्यकार माइनस प्लस संग्रौलाले सकंलन गरेको ५ सय धिराम्श आर्थिक सहयोग उल्टो साइकल यात्री दाहाल र सहयोगी बस्नेतलाई आफ्नै हात बाट हस्तान्तरण गरेका थिए।

सम्मान कार्यक्रम पस्चात साइकल यात्री त्रय दुबइको बर दुबइ स्थित मन्दिरमा पुगी पूजा आरधना गरेका थिए। शुक्रबार यूएईमा सार्वजनिक बिदाको अवसर पारेर बर दुबई स्थित नेपाली चोक वरपरमा रहेका नेपाली सँग सहयोग स्वरुप सकलन गरेको यूएई १ हजार धिराम्स साहित्यकार एवम सहयोगी माइनस प्लस संग्रौलाले पत्रकार तथा आमा सर्वसाधारण का बिच हस्तान्तरण गरेका थिए।