मध्यपुर्वका कुवेत र यूएई दुतावास बिबादमा

मध्यपुर्व डेस्क


यूएई दुतावास जस्तै अब कुवेत दुतावास पनि बिबादको घेरामा परेछ ...यि पत्रकारका आँखा र कलम हरु यूएई दुतावासमा आयोजित एक कार्यक्रममा पत्रकार लाई प्रवेश रोक लगाएको तथा अन्य घटनाको पर्दाफास भएको समाचार सेलाउन नपाउदै मध्यपुर्वको अर्को अरबी खाडी मुलुक कुवेत स्थित दुआवास र त्यहाका राजदुत बिबादमा मुछिएका छन।
एउटा संस्थालाई उचालेर अर्कोमाथि खन्याउँदै आफ्नो कमजोरीलाई ढाकछोप गर्ने राजदूतको कार्यशैली कार्यकालभरिनै चलि रह्यो । यही मार्चमा दूतावासमा संचालित नेपाली समाजको पदभार हस्तान्तरण समारोहको भिडियो रेकर्डिङ तथा फोटो खिचिरहेका पत्रकारहरुले सार्वजनिक रुपमै �मेरो घरमा आएर मेरै भिडियो खिच्ने�भन्दै हप्काए।यस अघि सम्म आफ्नों विरोधमा बोल्ने जोसुकैलाईपनि �डिपोर्ट गरिदिन्छु� भन्ने धम्की सुनेका पत्रकारहरुले यस पटक पनि सत्य तथ्य बाहिर ल्याउन डराएनन्।निर्वाध रुपमा समाचार लेखेर विरोध जनाए।

गोर्खा कन्स्ट्रक्सन प्रालिका मालिक चुडामणि ढकाल र उनका कामदार बिषयमा यहाँको लेबर कोर्टमा परेको मुद्धामा सहयोग गर्न भन्दै दूतावासले शेषनारायण झाको नाममा दिइएको अख्तियारी पत्रबारे टिकाटिप्पणी भैरहेकैबेला झाले आफू कार्यरत् कम्पनीको रकम हिनामिना गरी हिडेको भन्ने समाचार प्रकासमा आएपछि उनी झन् रिसाएका थिए। त्यो सम्बन्धी समाचार सबैभन्दा पहिला प्रकाशन गर्ने अर्घाखाँची डट्कम् लाई बन्द गर्ने चेतावनी तथा डट्कम् का यूएई डेस्क एवम बिदेश बिभाग प्रमुख उमाकान्त पाण्डे गाउंले लाई अन्य ब्यात्ती लगाइ मोबाइल फोन वा इन्टरनेट फोन मार्फत फोन गरी गरी थर्काउने क्रम अजै जारी छ।समाचार लेखेकै भरमा कम उमेरमा पत्रकारिता अगांलेका र सानो उमेर देखिने पत्रकारिता गर्दै गरेका अर्घाखाँची डट्कम् प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउंले लाई "How Old Are You?" भनेर थर्काएको प्रमाण रेकर्ड फाइल अझै अर्घाखाँची डट्कम् मा सुरक्षित छ।


साथै यस यूएई देशको कानुन अनुसार नेपाली समुदायमा मात्र निहित रहेका पत्रकार लाई कानुनी डर धम्की दिदै जेल हाल्ने र यूएई निकाला गरी आफ्नो पावर(शत्ती)देखाउछु भनेको पत्रकारले मात्र होइन धेरैको कानमा परेको छ। 


आफ्नै मातहतका कर्मचारीहरु समेत कुनै कार्य स्वतन्त्र रुपमा गर्न नदिने र दप्काएर राखेको आरोप उनीमाथि छ । दूतावासको काम कार्वाहीमा ढिलासुस्ती र काम नगरिदिने प्रवृत्तिको समेत तीब्र आलोचना हुने गरेको छ । एउटा कागजात प्रमाणित गर्न समेत घण्टौं पर्खिनुपर्ने तथा जुनबेला पुगेपनि कर्मचारीहरु �मिटिङ्गमा� भएको तल्लो तहका कर्मचारीले जानकारी दिएर घण्टौं कुराउने गरेको गुनासा समेत सेवाग्राहीबाट सुनिदै आएका छन् । मृतकको क्षतिपूर्ति संबन्धि हुने काम कार्वाहीमा समेत दूतावास गुनासो मुक्त छैन ।


निर्दोश भएर पनि यूएईमा सन २००३ देखी मृत्‍युदन्डको सजाय पाई जेल जीवन बिताइ रहेका दार्चुला धारी गाविसका अंमर बहादुर बमको बिषयमा तत्कालिन नेपाल सरकार उप तथा पररास्ट्र मन्त्री सुजाता कोइरालाले यहाँ स्थित संघसस्थाको साथमाध्यम द्वारा निर्दोश ब्याक्त्तीको उद्दार गर्न दिएको तोक आदेश पत्र को नतिजा अहिले सम्म मौन छ। कारण के हो रहस्य भित्र नै छ। बम सगै जेलमा परेका तथा उही सजाय सुनाइएका अन्य दुई भारतीय नागरिक ले नेपाली नागरिक बम निर्दोश भएको भनेर लिखित पत्रमा हस्ताक्षर गरी समाजसेवी एवम नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल लाई पत्र दिएको र त्यो पत्र मार्फत गर्न सकिने कानुनी प्रकृया पनि दुतावासको वेवास्ताका कारण अझै ओझेलमा परेको छ।

दुईबर्ष अघि यहाँ छुरी प्रहारबाट हत्या गरिएका स्याडजाका रेशमीलाल कुँवर र लम्जुड.का शिव बस्नेतको संबन्धमा प्रयाप्त कानुनी कार्वाही अगाडि बढाउन नसक्दा लगभग एउटा सामान्य दुर्घटना तथा बीमाबाट प्राप्त हुने क्षतिपूर्ति -करीब दुईलाख पचास हजार दिराम) मै चित्त बुझाउनुपर्ने अवस्था आएको भनेर राजदूत थापाको व्यापक आलोचना भएको थियो । भर्खरैपनि वर्गर किँग फुडकोर्ट, मरिनामलमा काम गरिरहेकै अवस्थामा वाथरुमा पसेको बेला त्यही मृत्युवरण गर्न पुगेका शिव लामिछानेको क्षतिपूर्ति दिलाउने संबन्धमा कार्यवाही अगाडि बढाउनुको सट्टा लास कुहाउनु हुदैन भन्दै ९ हजार दिराम लिएर �मिलाइदिएको� कुरालाई यहाँको बुजु्रकहरुबीच उनी निक्कै आलोचित भएका थिए ।


साउदी अरब तथा कुबेत भन्दा कम समस्याभएपनि उद्धारकोषबाट सबैभन्दा बढी रकम -१५ लाख रुपैया, का.स.) लिन सफल भएका राजदूतावासमा पीडित महिलाहरु दुतावासमा लिएर जाँदा तथानाम भन्ने र शरणलिन गाह्रो मान्ने गरेको पीडितका उद्धारकर्ताको गुनासो सुनिनु नौलो कुरा होइन । महामहिमको यी र यस्तै गुनासाहरुको जवाफ माग्लान् भन्ने आसंकाले पत्रकार प्रवेशमै रोक लगाइएको हुनसक्ने अड्कल आमवृत्तमा गरिएको छ । यसै क्षेत्रका उनका समकक्षीहरुले नेपाली पर्यटन प्रबर्धन, नेपाली श्रमिकका हितका बिषय तथा भ्रष्ट दलाल र ठगी गर्नेहरु विरुद्ध काम कार्वाही गरिरहेको देखेका यहाँका बुद्धिजीविहरु समेत आपसी फुट र किचलोमै कार्यकाल बिताउन लागेका महामहिमको शैलीप्रति आजित भएका छन् ।


एउटा कुटनैतिक निकाय जनताको पहुँचमा हुनुपर्छ । प्रवासी नेपालीहरुको एकमात्र सरकारी निकायनै �हाउगुजी� भइदिने हो भने सर्व साधारणले कस्को सहारा लिने ? यी र यस्तै प्रश्न र गुनासाहरु राजदुत थापाले सुन्ने कि नसुन्ने ? जिम्मेवारी लिने कि नलिने ? धम्क्याउने कि? सम्झाउने । सेवा गर्ने कि पेवा बनाउने? यी र यस्तै प्रश्नहरु हाल युएईका आम नेपालीहरुबीच चर्चाको बिषय बनेकोछ । यस अर्थमापनि युएईकालागि नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापाले यी र यस्तै जनतासँग प्रत्यक्ष सरोकार राख्ने दूतावासका काम कारवाहीमा सरलीकरण र सहयोगी बन्नुपर्ने टड्कारो आवश्यकता महसुस गरिएको छ ।


यसैबीच प्रवासी पत्रकार सञ्जालका सचिव तथा पत्रकार महासंघ कतार शाखाका अध्यक्ष कुमार कार्कीले �देशकै निकायले हामीलाई अधिकारबाट बन्चित गराउँछन्भने हामीले प्रवासका समस्या बाहिर ल्याएर सामाधानमा कसरी संबन्धित निकायको ढोका ढक्ढक्याउने ?� भन्दै पत्रकार प्रवेशमा गरिएको रोकको विरोध जनाएका छन् । �गणतन्त्र दिवस मनाउन जो सुकै नेपालीलेपनि उपस्थित हुन पाउनुपर्ने त्यसमाथिपनि पत्रकारलाई प्रवेश नदिनु दुःखको कुरा हो । यस्ता गणतन्त्र नदोहोरिउन् । म संबन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु� कार्कीले भने ।


कार्यक्रममा निमन्त्रणा नपठाउनु वा नबोलाउनु मा हामीलाई अन्यथा लागेको छैन तर पत्रकार लाई आज भन्दा पहिले सहज रुपमै प्रवेश गर्न दिईने गरिन्थ्यो , तर यस् पाली आफ्नो धर्म र मर्म पुरा गर्न निम्तो नपाए पनि दुतावास पुगेका र पुग्नका लागि बाटोमा जादै गरेका संचारकर्मी लाई रोक लगाउनु को अर्थ र रहस्य के हो त ? २ लाख तिस हजार बिचल्ली मा भन्नुको अर्थ समाचारमै खुलस्त छ।


एउटा पत्रकारलाई त सबैले सम्मान गर्ने गणतन्त्र दिवस समारोहमा प्रवेश रोकीयो भने आम सर्वसाधारण लाई आबश्यक परेको बखत कसरी प्रवेश पाउलान भन्ने प्रश्न प्रती मपाइ समाजसेवी वा बुद्दीजिवी वर्गको ध्यान जाओश भन्ने हाम्रो माग हो।पत्रकारिता लाई आफ्नो पक्षमा प्रयोग गर्न खोज्ने वा समाचारमा गुणगान गाईदिएर हामीलाई पस्नु पनि छैन,जे हो यथार्थ हामी लेख्छौ।

यही बिषयमा आम सर्वसाधारणको प्रतिकृया समेत लाई ख्याल गर्दा दुतावास र राजदुत बाट गरिएका तमाम गलत सन्देश जाने तथ्य समेत प्राप्त  भएका छन।एउटा अडियो रेकर्ड सहित एक वर्ष सम्म दुतावासको शरणमा बसेर अन्त्यत आउट पास मार्फत नै यसै हप्ता नेपाल फर्किएका एक नेपाली चेलीको कथा सुन्ने नै हो भने आखा रसाउने स्थिती बन्छ।वीस्तारै ति प्रमाण आब्श्यक परे अनुरुप सार्वजनिक गरिदै गइने छ।चाहे यै खाडी मा मारियोश वा डिपोर्ट नै गरियोश,हामीलाई गणतन्त्रको वा प्रजातन्त्रको बहानामा पन्चायती शैली अपनाउनु मान्य छैन - पत्रकार र आम सर्वसाधारण लाई प्रकृया पुरा गरी वा आबश्यक प्रमाण गेट मै राखी प्रवेश खुल्ला गर्नु पर्ने थियो अन्यथा त्यस को नतिजा अब को केही दिन मा आउने अबश्य छ । पाप धुरी बा कराउछ । 'हामी जनताको कर बाट सन्चालन हुने त्यो पनि बिदेशमा रहेका नेपालीको लागि स्थापित दुतावास र यस् का प्रमुख हरुको रबैया अब अती भएन र ? हुन त आसे पासे र केही क्षणिक आनन्द मा डुबेका ब्यात्तीका लागि यि र यस्तै समाचार आए पछी दुत सँग नजिक हुन का लागि फोन गरी गरी लेखिएका शब्द सुनाउन र त्यस को आन्तरिक सर्कुलर गर्न समय मिलेको छ । अब निरुकशु शैली मा मनाउने कुनै कार्यक्रममा भएका घटनाको आधिकारीक नतिजा आउन लाई ढिला नहोला कुरौ र समय ले देखाउछ।  

यसै बिच हामीलाई प्राप्त अर्को खबर अनुसार : 

कुवेत स्थित नेपाली राजदुत मधुवन पौडेललाई दलालली नाइकेको बिल्ला 


गणतन्त्र दिवसको अवसरमा हरेक मुलुकका दूतावासले गणतन्त्र दिवस मनाउने गरेका छन् जसले यो वर्ष पनि निरन्तरता पायो ।

सबै मुलुकका कुटनीतिक नियोगहरूमा गणतन्त्र दिवस भव्य रूपमा मनाइयो । श्रोत साधन र आर्थिक अभावकाबीच कुटनीतिक नियोगहरूले आफ्नो गच्छे अनुसार पाँचौ गणतन्त्र दिवस मनाए ।

नेपालको कुटनीतिक नियोग भएका सबै मुलुकमा उत्तिकै हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाइए पनि यसपाली कुवेतस्थित नेपाली दूतावासले मनाएको गणतन्त्र दिवसले भने विशेष चर्चा पायो । खाडीका कतार, युएई, साउदी अरब लगायत युरोप अमेरिकाका मुलुकहरूको नियोगलाई आफ्नै कार्यालयमा मैनबत्ती बालेर दिवस मनाउन पनि धौ–धौ भयो तर कुवेतमा ९० मुलुकका राजदूतहरूको उपस्थितिमा तारे होटलमा मनाइयो गणतन्त्र दिवस ।

गरिब देशको गरिब कामदार भएका मुलुक कुवेतमा रहेको दूतावासले धनाढ्यहरूको शैलीमा  गणतन्त्र दिवस मनाउने अवसर कसरी पायो, यति भव्य र फुर्माइसी खर्च गर्ने हैसियत दूतावासलाई कसले दियो ? अलपत्र परेका कामदारहरको उद्धार गर्न परे दूतावासको खर्चले धान्न मुश्किल भएको बताउने राजदूत मधुवन पौडलले यत्रो खर्च कहाँबाट जुटाए ? यो अहिले सबैको चासोको विषय बनेको छ ।


परराष्ट्र मन्त्रालयले हरेक मुलुकका नियोगका लागि उत्तिकै खर्चको व्यवस्था गरेको हुन्छ, जुन भोकालाई कनिका सरह हो । तर, राजदूत पौडेलले राजसी छाँटमा गणतन्त्र दिवस मनाएर देखाइदिए । कतै मन्त्रालयमा पौडेलको नातावाद फरियावाद हावी भएको त छैन ? परराष्ट्रका एक अधिकारी भन्छन्– हामीले कसैलाई पनि भोज गर्न रकम बाँढने गरेका छैनौं र दूतावासले गरेको यो कार्यक्रमको खर्च विवरण माग्ने तयारी भइरहेको छ ।

पौडेलको यत्रो फाईंफुईं देखेर अहिले खाडी लगायत अन्य मुलुकका राजदूतहरू पनि तीनछक खाएका छन् । मन्त्रालयले दिएको रकम चिमोट्दैमा सकिने अवस्थामा उनले भत्तेर कसरी खुवाए भनेर सर्वत्र चर्चा चलिरहेको छ । कुवेतका एक सामाजिक कार्यकर्ता यो रकम राजदूतले चोरबाटोबाट कमाएको दावी दावी गर्छन् । ‘यो सब मेनपावरको दलाली र कमिसनको तुजुक हो, त्यसैले राजदूत पौडेल लुटको धनमा फुपूको श्राद्ध गरिरहेका छन्,’ उनले भने ।

कुवेतका उपप्रधानमन्त्रीले समेत मेनपावरको दलालको बिल्ला लगाइदिएर कारवाही गर्न नेपाल सरकारलाई पत्र पठाउँदा पनि पौडेलविरुद्ध कारवाही गर्ने आँट सरकारले गर्न सकेको छैन, जसका कारण उनी राजदूतको खोल ओढेर मेनपावरको एजेण्ट बन्दै हिँडिरहेका छन् र पाँच तारे होटलमा गोरुमा फिला र रक्सी बाँढिरहेका छन् ।