समाजसेवी कृष्ण ढकाल लाई पित्री शोक/संघसस्था द्वारा समवेदना प्रकट

- उमाकान्त पाण्डे "गाउंले" 
यूएईमा लामो समय यता कार्यरत समाजसेवी एवम नेपाली समाज यूएईका वर्तमान अध्यक्ष कृष्ण ढकाल पित्री शोकमा परेका छन। उता नेपाली महिला समिती यूएईकी अध्यक्ष श्रीमती राधा ढकाल समेत पित्री शोकमा परेकी छन। यसै बिच नेपाली समाज यूएईका सचिव उमाकान्त पाण्डे गाउले द्वारा जारी गरिएको एक श्रदान्जली पत्रमा जनाए अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका ढुङ्गे साहु टुटुङगा निवासी श्री मान बहादुर ढकालको गत बिहीवार ७१ वर्षको उमेरमा असामयिक निधन भएको भन्दै १३ दिन शोक मनाउने निर्णय गरेको छ।


उता यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाले समाजसेवी ढकाल लाई परेको पित्री शोक प्रती समवेदना ब्यत्त गरेका छन ।

यसरी प्रेस बिज्ञाप्ती जारी गर्नेमा नेपाली महिला समिती यूएई , यूएई नेपाली एकता समाज ,सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएई र फेवा फोर्स यूएई रहेका छन। महिला समिती यूएईकी महासचिव साबित्री एम्सी , एकता समाज र  सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईका अध्यक्ष मान बहादुर थापा तथा फेवा फोर्स यूएईका अध्यक्ष गुप्त शेखर पौडेल द्वारा जारि गरिएको बिज्ञप्तीमा दु:ख ब्यत्त गर्दै शोक सन्त्पत परिवार प्रती धैर्यधारण गर्ने शत्ती भगवानले प्रदान गरुन र मृत् - आत्मको चिरशान्तीको कामना गर्दै स्वर्गमा बास होश भनेका छन।

उता यूएईमा रहेका सामाजिक ब्यात्तित्व हरुले आ-आफ्नो ब्यातिगत ईमेल मार्फत घटना प्रै गम्भिर दु:ख ब्यत्त गरेका छन। यसरी ईमेल पठाउने हरुमा लुम्बिनी वेल्फेयर सोसाईटीका अध्यक्ष डिएल शर्मा, प्रवासी संघ यूएईका उपाध्यक्ष एलएन सुवेदी "हस्ती", समाजसेवी चन्द्र रोकाह, नागरिक सेवा समाज यूएईका अध्यक्ष हिरालाल श्रेष्ठ, जनप्रगती शिल मन्च यूएईका केन्द्रिय महासचिव श्याम परीयार, लगायत रहेका छन।