युएईमा सुगम पोख्रेलका दुई दिन सम्म कन्सर्ट हुँदै

यूएई डेस्क

नेपाली पप गायक सुगम पोख्रेलका दुई दिन सम्म सास्कृतिक कार्यक्रम हुने भएका छन।पप एन्ड रक म्यूजिक पारखीहरुकोलागि एडभान्स ग्रुपको सहयोगमा जी २१ ले आउँदो विहिवार बेलुकी (२ जुन) अबुधावीको फुडलैंण्डमा र शुक्रवार वेलुकी दुबईमा कन्सर्टको आयोजना गर्ने भएको हो।'मेरो एउटा साथी छ,सबै भन्दा माथि छ'�रुन्न भन्थे कहिलै तर''आज हेर आज आँसु खस्यो��उडिजाने धुलोलाई आँखामा नबसाऊ�जस्ता चर्चित गीतका गायक सुगम पोख्रेलका पप आवाजहरु युएईमा घन्किने भएका हुन।

नेपालकै चर्चित पप तथा रक समूह �द युनिटीका� सुधिन पोख्रेल, आशिष शाह र एड्रेको समेत कन्सर्टमा सहभागीता रहने जनाइएको छ।


गत बर्ष यो समूहले युएईमा गरेको कार्यक्रमले निक्कै चर्चा पाएको थियो।सोही अवसर पारेर आशिर्वाद र अभिषेषको एल्बम �डबल ए� रिलिज गरिने समेत बताइएको छ।कार्यक्रमको डान्स सेसनलाई डिजे फरेको मिक्स म्यूजिले रौनकता थप्ने छ ।


�युएइमा रहेका पप गीतका पारखीहरुबीच माया साटासाट गर्ने तथा नेपाली म्यूजिकको स्तरपनि विदेशीभन्दा कम छैन भन्ने संदेश यहाँ रहेका नेपाली तथा विदेशी बीच गराउने यो कन्सर्टको विशुद्ध मनोरंजनात्मक हुनेछ� एडभान्स गु्रपका अध्यक्ष विकास अधिकारीले बताए ।


आधुनिक म्यूजिकमा रमाउन मनपराउने युएईका युवा युवतीले फेसबुक सञ्जालमार्फत समेत �सुगम पोख्रेलको �हट� र द युनिटीको �रक� म्यूजिकलाई व्यग्रतापूर्वक पर्खिरहेको� संदेश फैलाएका छन्।