यूएई दुतावासमा पन्चायती शैलीमा गणतन्त्र दिवस मनाइयो-पत्रकारले प्रवेश पाएनन

यूएई डेस्क - जेठ १५ गते देशभरि गणतन्त्र दिवस मनाइयो।सहिदको संझना गरियो र जनआन्दोलनका सहकर्मी, सहयोद्धाहरुको सम्मान र संझना गरियो।तर नेपाली दुतावास युएईले आयोजना गरेको गणतन्त्र दिवसमा भने एउटै पत्रकार पनि उपस्थित भएनन्।निमन्त्रणा नपाए पनि समाचार सकंलनका लागि पुग्ने अर्घाखाँची डट्कम् का प्रतिनिधि लगायत अन्य स्वतन्त्र पत्रकार हरु पनि प्रवेश गर्न नपाउने भए पछी बाटै देखी फर्किए।दुतावास पुगेका कतीपय सर्वसाधारण नेपालीहरु प्रवेश नपाए पछी फिर्ता आउन वाध्य भए।अबदेखी दुतावासमा दुतावासको पत्र नभै प्रवेश नपाउने भएका छन।
गणतन्त्र दिवसका अवसरमा नेपाली दूतावासमा स्वागत तथा जलपान कार्यक्रम छ भन्ने थाहा पाएर समाचार संकलनका लागि दूतावासको ढोकामा पुगेका पत्रकारहरुले पनि उक्त अवसरमा दूतावासमा प्रवेश नै पाएनन् । समाचार संकलनको लागि पुगेका पत्रकारलाई दूतावासले आफ्नों नामलिष्टमा नपरेको भन्दै प्रवेशमा रोक लगाएको हो ।

दूतावासले अयोजना गर्ने गरेको यस अघिका यस्तै प्रकारका कार्यक्रमहरुमा भने पत्रकारहरुलाई कुनै निमन्त्रणा वेगर नै निर्वाध रुपमा प्रवेश अनुमति दिइने गरेको थियो भने यस पटक चाहिं उक्त परंपरा तोड्दै गेटमै प्रवेशीहरुको नामलिष्ट लिएर बसेका दूतावासका कर्मचारीले \'नाम नभएकालाई भित्र पस्न नदिनु भन्ने महामहिमको आदेश छ 'भन्दै फर्काएका हुन्।पत्रकारले आफ्नों परिचय दिदै "महामहिम ज्यू,........गणतन्त्र दिवसको समाचार संकलन आएकोमा गेटमा नाम लिष्ट नभएकोले प्रवेश पाइन।जानकारीको लागि अनुरोध छ।'भन्ने चिट दिएर पठाए । तर चिट लिएर गएका दूतावास कर्मचारी रामशरणलाई राजदूत अर्जुन बहादुर थापाले \'लिष्टमा नाम नभएकालाई प्रवेश नदिनु।'भन्ने आदेश पठाए । यूएईमा लामों समयदेखि पत्रकारिता गर्दै आएका जेपी सापकोटालाई यस्तो प्रवेशमा रोक लगाइएको हो । कार्यक्रम शुरु हुनै लाग्दा उनी पुगेको र अनुमति नपाएपछि सधैंजसो दूतावास पुगेर समाचार संकलन गर्ने खेम नाथ पौडेल,उमाकान्त गाउले तथा मानबहादुर थापाको नाम समेत सो लिष्टमा नभएको जानकारी पाएपछि उनीहरु पनि बाटैबाट फर्केका थिए । 

गणतन्त्र दिवसमा भएको घटना पश्चात गणतन्त्र दिवसमा पत्रकारहरुलाई नै प्रवेश नदिने राजदूत थापाको रवैयालाई यहांस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खेद प्रकट गरेका छन् । नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले'गणतन्त्र दिवसको दिन कुनै पनि पत्रकारहरुलाई प्रवेश नदिनु निरंकुशताको पराकाष्टा हो'भन्ने प्रतिक्रिया दिए।'नेपाली दूतावास एउटा सरकारी अंग रहेको र राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिताको धर्म निर्वाह गर्न समाचार संकलन गर्न पुगेको सार्वजनिक कार्यक्रमको समाचार संकलन गर्न प्रवेश नदिनु राष्ट्रकै अपमान हो । यस संबन्धमा म राजद्ुतसंग विस्तृत कुरा बुझ्ने छु ।'पत्रकार महासंघ, युएई संपर्क शाखाका अध्यक्ष शंकर ज्ञवालीले भने।'निषेध गरिएको बाहेक समाचार संकलन गर्न निर्वाध प्रवेश पाउनुपर्ने पत्रकारको अधिकारको हनन हुनु  हुदैनथ्यो।यस सम्बन्धी बसेर छलफल गर्न सकिन्छ ।'जनजाति महासंघका अध्यक्ष भुवन राईले भने ।'पञ्चायती शैलीभन्दा पनि बढी भयो।भर्खरै समाचारमा आएका उनका पि्रय पात्र शेष नारायण झाको बिषयमा पत्रकारहरुले जानकारी माग्लान भनेर निषेध गरिएको हुन सक्छ।'एनआरएनए, युएईका अध्यक्ष चुडामणी ढकालले भने।'व्यक्तिगत घरमा गरेको कार्यक्रम भए ठीकै हो, हामी नेपालीहरुको करबाटै संचालित दूतावास र यसका राजदूतले समाजका जान्नेबुझ्ने पत्रकारहरुलाई त छिर्न दिदैनभने सर्वसाधारणको के पहुंच होला?'नेपाली समाजका पार्षद अध्यक्ष तुल्सी तामांगले प्रतिप्रश्न गरे । स्मरण रहोस् युएईका प्रमुख संस्थाका उल्लेखित अध्यक्षहरु कुनैले पनि दूतावासको कार्यक्रममा उपस्थिति जनाएका थिएनन्।