दुबईमा १७ औं विश्व आदिवासी दिवस २०६८ भव्य रुपमा मनायो

- लालबहादुर ढेंगा

दुबई । हिजो १२ अगष्ट शुक्रबारका दिन दुबईको याक एण्ड यतिू ३ तारे रेष्टुरेण्टमा नेपाली आदिवासी जनजाति महासंघ युएईको आयोजनामा १७ औं विश्व आदिवासी दिवस २०६८ विधिवत रुपमा सम्पन्न हुनुका साथै गिरमान थापाको अध्यक्षतामा २० सदस्यीय नयां कार्यसमितिको पनि चयन गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता जनजाति महासंघ युएईका भुपू अध्यक्ष भुवन राईले गर्नुभएको थियो भने प्रमुख अतिथिको आसनमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत दीपक अधिकारीले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु समाजसेवी बुद्धिजिवी र पत्रकारहरु रहेका थिए ।

स्थानीय कानुन र मुस्लिमहरुको रमादानको बावजुद पनि आयोजक समितिले ३ तारे रेष्टुरेण्टमा आयोजना गरी खानपिन गर्न सक्ने हिसाबले राम्रो व्यावस्थापन गरेको थियो । सो अवसरमा जनजातिहरुले पाउनु पर्ने हक र अधिकारको बारेमा प्रकाश पार्दै विभिन्न वक्ताहरुले आफ्नो बिचारहरु समेत राखेका थिए । कार्यक्रम अति शान्तिपूर्वक र सौहार्द वातावणमा भएको थियो ।

सो कार्यक्रमको अवसरमा लामो समयदेखि युएईमा रहि नेपाली जनजाति महासंघलाई स्थापनाकालदेखि नै मजजल गर्दै ठूलो भूमिका खेलेको तथा विभिन्न सामाजिक क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान पुर् याएकोमा पि यस लिम्बु र छत्र लामालाई बिशेष सम्मान पनि गरिइएको थियो ।

सोही अवसरमा नेपाली जनजाति महासंघ युएईका नयां कार्यसमिति चयन गरेको घोषणा पनि गरेको छ । जसमा क्रमशः अध्यक्षमा गिरमान थापा प्रथम उपाध्यक्षमा डी आर गुरुङ द्धितीय उपाध्यक्षमा महेश मोक्तान महासचिवमा सरोज पाहाङ्गो सचिवमा नुनप्रसाद सोमै कोषाध्यक्षमा भोज घले र प्रवक्तामा उमेश राई चयन भएको छ भने सदस्यहरमा रोमिशा पुन पार्वती घले मुन्चे राई रविन्द्र लामा नन्द तामलीङ बिक्रम लामा मनिश लिम्बु र लोकबहादुर राई रहेका छन् । त्यस्तैगरी अन्य सल्लाहकारहरुमा यमप्रसाद तमु पि यस लिम्बु छत्र लामा तुलसी तामाङ र भुवन राई रहेका छन् ।

कार्यक्रमको संयोजक नुनप्रसाद सोमैको स्वागत मन्तव्यबाट थालनी भएको १७ औं विश्व आदिवासी दिवस कार्यक्रमको संचालन मेहश मोक्तानले गरेको थियो ।