एनआरएन एनसिसी युएईको अध्यक्षमा समाजसेवी चन्द्र रोकाहाद्वारा उम्मेदवारी घोषणा

एनआरएन एनसिसी युएईको अध्यक्षमा समाजसेवी चन्द्र रोकाहाद्वारा उम्मेदवारी घोषणा

उमाकान्त पाण्डे "गाउंले"
  
- यूएई डेस्क - एनआरएन एनसिसी युएईका वर्तमान उपाध्यक्ष चन्द्रबहादुर रोकाहाले आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन। उनले एक विज्ञप्ति जारी गर्दै आगामी १९ अगस्टमा हुने अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै सहयोगको अपेक्षा समेत गरेका छन।

�वर्तमान कार्यसमितिमा पनि उपाध्यक्षको पदमा रही निष्पक्ष, निस्वार्थ, सक्रिय र संस्थागत तथा व्यक्तिगत रूपमा आफ्नो जिम्मेवारी वहन गरिरहेको हुँदा आगामी दिनमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, युएईको नेतृत्वमा रही सम्पूर्ण प्रवासी नेपालीहरूको वृहत्तर हितका पक्षमा अधिकतम् काम गर्ने इच्छा भएको कुरा अनुरोध गर्न चाहन्छु� - उनले विज्ञप्तिमा उल्लेख गरेका छन।
रोकाहाले आफू राजनीतिक पार्टीका तर्फबाट अध्यक्षमा उम्मेदवारी नदिएको जनाउँदै एनआरएनको अभियानमा पनि आफूले राजनीतिसँग जोडिएर चिनिनु उपयुक्त नठानेको विज्ञप्तिमा उल्लेख गरेका छन।
आफू वर्तमान कार्यसमितिको उपाध्यक्षका हैसियतले गरेका विभिन्न कामलाई अझै फराकिलो बनाउन बनाई काम गर्ने इच्छा रहेको हुँदा आगामी अधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको उनको कथन छ।
रोकाहले आफू दुई वर्षे कार्यकालका एनआरएन एनसिसी युएईको अध्यक्ष भएमा असम्भव कार्यहरूको घोषणा नगर्ने तथा देहायका कार्यहरू गर्नसकिने तत्परतासहित आगामी कार्यक्रमका एजेन्डाहरू पनि प्रस्तुत गरेका छन। उनले आफू अध्यक्षमा विजयी भइसकेपछि निम्न काम गर्ने प्रतिवद्धता समेत बिज्ञप्तीमार्फत सार्वजनिक गरेका छन। 
� स्थानीय रूपमा वैदेशिक रोजगारका समस्याहरू तथा घरेलु महिला कामदारका समस्या र तिनको नियन्त्रण तथा उद्दार
� कल्याणकारी कोषको स्थापना
� श्रम कानुन तथा विविध समसामाहिक विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने
� नेपालको पर्यटन प्रवर्द्धन, नेपाली मौलिकतालाई विदेशमा चिनाउने
� प्रवासमा नेपाली सञ्चार, साहित्य तथा संस्कृति पहिचानलाई अन्तर्राष्ट्रिय समुदाय सामू पुर्‍याउने
� यहाँस्थित सम्पूर्ण सामाजिक संघ संस्था तथा कूटनीतिक नियोगसँग सहकार्य गरी युएईको विभिन्न कुनामा रहेका नेपालीहरूका विविध समस्याहरूमा सहयोग पुर्‍याउने तथा तल्लो तहमा पुगी नेपालीहरूका समस्या र समाधान साथै एनआरएनको बारेमा जानकारीमूलक कार्यक्रम गर्ने ।
� एनआरएन एनसीसीलाई आर्थिक पक्षमा अझै दह्रो बनाउन विभिन्न कार्यक्रमहरू ल्याउने,
� खाडीबाट स्वदेशमा संयूक्त लगानीको अवधारणा ल्याउने ।
� एनआरएन एनसीसी यूएईमा आवद्धहुने सदस्यहरूलाई निश्चित मापदण्डमा आधारित एनआरएन परिचय पत्र वितरण गर्ने र ती एनआरएन आइडी कार्ड भएका नेपालीहरूलाई स्वदेश र्फकदा अन्तर्राष्टि्य विमानस्थलमा भन्सारमा सहुलियत दिने पहल गर्ने ।
� खाडीबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई भविश्यमा स्वदेश फर्कादा नेपाल सकारले दिने सहुलियतको बारेमा पहल गर्ने ।
� एनआरएन युएईलाई संस्थागतरूपमा विकास गर्ने र एनआरएनको महत्व, परिचय र सम्पूर्ण युएईवासी नेपालीहरूसम्म पुर्याउने ।
� यूएईमा रहेका सम्पूर्ण नेपालीहरूको तथ्यांक संकलन गर्ने ।
� नेपाली दूतावास युएई तथा यूएई श्रम मन्त्रालयसंग समन्वय गरी यूएईमा मृत्युदण्ड सजाय पाएका अमरबहादुर बमलगायत विविध कारणले अज्ञानतावश जेलमा रहेका नेपालीहरूका लागि नेपाली दूतावास, श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उद्धारको पहल गर्ने ।
� दुबईमा नेपाली कन्सुलेट स्थापना गर्नका लागि विषेश पहल गर्ने ।
� युएईमा आउने प्रत्येक नेपालीहरूका लागि वैदेशिक रोजगारीसम्बन्धी जानकारीमूलक डायरी प्रकाशन गर्ने ।
�यी माथिका बुँदाहरू म एक्लैले गर्न असम्भव छ त्यसैले तपाईंहरूको साथ विना कार्यहरू गर्न अपूरो हुनेछ तपाईंहरूको साथ पाएमा यी कार्यहरूलाई मुख्य एजेन्डा बनाई अगाडि बढ्ने छु र आशा छ तपाईंहरूले मलाई यो कार्यमा सहयोग गर्नुहुने छ� रोकाहाको विज्ञप्तिमा उल्लेख छ।