जनसम्पर्क समिती यूएईको दुबइ क्षेत्रिय समिती गठन आउदो शुक्रबार हुने

उमाकान्त पाण्डे गाउले
दुबइ-यूएई-२६ जनवरी २०११-नेपाली काग्रेंसको अन्तराष्ट्रिय भात्री संगठन जनसंपर्क समिती यूएईले केही समय यता क्षेत्रिय समिती गठन गर्दै समिती लाई कृयशिल बनाउदै गएको पाइएको छ। गत अक्टोबर १ मा नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रतिनिधी युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा भब्य कार्यक्रम आयोजना गरी औपचारिक रुपमा जनसम्पर्क समिती यूएई गठन गरिएको थियो।
हालका दिनमा आफ्नो संगठन विस्तार लाई तिब्र रुपमा अगाडि बडाउदै गरेको प्राप्त समाचार हरु बाट पुस्टी भएको छ।

आउदो शुक्रबार २८ जनवरी २०११ का दिन यूएईको केन्द्रबिन्दु मानिने दुबइमा नेपाली जनसम्पर्क समिति दुबइ क्षेत्रिय समिती गठनको घोषणा एक भब्य कार्यक्रमका बिच गरिन लागेको सो समिती निर्माणर्थ गठित तदर्थ समितीका सदस्य गोपाल कडेलले बताए।

केन्द्रिय समितीको मातहतमा रहने गरी गठन हुन गैरहेको जनसम्पर्क समितीको दुबइ क्षेत्रिय समिती गठनका लागि गठित तदर्थ समितीका सम्योजक भवानी तिमील्सेना ले दिएको जानकारी अनुसार कार्यक्रम दुबई स्थित बर दुबईमा रहेको अड्माइरल प्लाजा होटेलमा दिउस २ बजे देखी सुरु हुने छ ।  
  
जनसम्पर्क समिती यूएईले सयुक्त अरब एमिरेट्सका सबै स्टेट हरुमा आफ्नो संगठन बिस्तार गर्ने क्रमसगै यसअघिनै अबुधाबी र अल ऐन शाखाको गठन गरिसकेको छ। सो दुबइ क्षेत्रिय समिती गठनका लागि यस् अघी नै भवानी तिमील्सिनाको संयोजकत्वमा मनोज कुमार श्रेष्ठ,गोपाल काडेल तथा राजु पाण्डे सहितको ३ सदस्सिय तदर्थ समिती कृयाशिल थियो।

तदर्थ समितिले तयार पारेको प्रतिवेदनका आधारमा आउदो शुक्रबार एक कार्यक्रमका बिच औपचारिक रुपमा दुबइ क्षेत्रिय समिती गठन हुन लागेको हो । सो कार्यक्रममा नेपाली काग्रेंस तथा लोकतन्त्र र प्रजातन्त्रलाई माया गर्ने यूएईमा कार्यरत आम सम्पूर्ण नेपालीको सहभागीताका लागि जनसम्पर्क समिती यूएईका केन्द्रिय सभापति चित्र केसी ले आग्रह गरेका छन ।

साथै कार्यक्रम सम्बन्धी कुनै पनि जानकारी आबश्यक परेमा जनसम्पर्क समिती यूएई-दुबइ क्षेत्रिय समिती गठनका लागि गठित तदर्थ समितीका   संयोजक भवानी तिमिल्सिना ०५०-७९५१०१९,सदस्य त्रय-मनोज कुमार श्रेष्ठ ०५६-१४२९३९७,गोपाल कंडेल ०५५ ५५७८१५८,राजु पाण्डे ०५०-५७७६७४८ रहेको जनाइएको छ।