माघे सँक्रान्तीको अवसरमा दुबइमा सास्कृतिक साझ सम्पन्न

- उमाकान्त पाण्डे 'गाउले' र टेक थजाली मगर
दुबई,यूएई - प्रवासमा बस्ने नेपालीले आफ्नो सस्कृतिलाई बचाउन अलग अलग तरिका अपनाएको देखिन्छ।कसैले खुल्ला सास्कृतिक कार्यक्रम,कसैले पर्चा-पम्पलेट बाडेर त कसैले आफ्न चाडपर्वलाई समय अनुकुल मनाएर ।यसै क्रममा सम्युत्त अरब एमिरेट्स यूएई को दुबइमा गत शुक्रबार एक कार्यक्रमका बिच माघेसक्रान्ती मनाइएको छ।
 माघको पहिलो हप्ताको उत्तरार्ध भए पनि प्रवासमा बस्ने नेपालीले आफ्नो बिदाको अवसरलाई सदुपयोग गर्दै बिशेष सास्कृतिक कार्यक्रमका बिच मनाएका हुन । सो अवसर लाई जुटाएको थियो बि.ए.डि.(BAD 3 FILMS GROUP)ले जुटाएको हो।

प्राय यूएईमा रहेका नेपालीका कार्यक्रम हुने पुरानो थालो एभरेस्ट इण्टर नेशनल होटेल परिसरको सभा हलमा यूएई धिराम्स २० तिरेर गएका खाचाखच भरिएको दर्शकदिर्घा लाई यूएईका स्थानिय कलाकारले भरपूर्ण मनोरन्जन दिए।
दर्शकदिर्घा बाट वन्स मोर,वन्स मोर भन्दै आउने आवाज ले न्रित्य तथा गायनमा संलग्न कलाकार लाई हौसला मिलेको महसुश हुन्थ्यो।
बाहिरी मौसम सिमसिम पानी परीरहेको,हल भित्रको माहौल भने माघे सक्रातीमा रिडी-रुरु क्षेत्र तथा अन्य प्रसिद्द धार्मिक स्थल हरुमा लाग्ने मेलाको सास्कृतिक कार्यक्रमको सम्झना दिलाउने थियो।कार्यक्रम लाई बिभिन्न क्षेत्र बाट सामाजिक सस्था दुबइ नेपाल जनकल्याण राहत प्रतिस्ठान तथा मिडिया पार्टनरको रुपमा अर्घाखाँची डट्कम् ले गरेका थिए।
यूएईमा रहेका नेपाली कलाकारहरुलाई अवशर प्रदान गर्दै नेपाल र नेपालीको कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले १५-डिसेम्बर, २०१० मा औपचारिक रुपमा स्थापित बीएडी थ्री ग्रुपले आयोजना गरेको कार्यक्रममा रोजगारको लागि यूएईमा कार्यरत दुई दर्जन भन्दा बढी नेपाली कलाकार हरुले उल्लेख्य दर्शकहरुको माझमा आ-आफ्नो कला प्रस्तुत गरेका थिए।
राष्ट्रिय तथा स्थानिय रुपमा मुल्य एल्बम बाट प्रचलित गायक छबीकिरण र प्रेम लामाको एल्बमको लागि यूएईको बिभिन्न स्थानमा छायाँकन गरि सकिएको र हाल उदयमान कलाकार निरन सँगितको आगामी एल्बम बिलिभको लागी छायाँकन भैराखेको पनि कार्यक्रममा जानकारी गराइेको थियो।
 आयोजक संस्थाका सचिव तथा कार्यक्रमका संयोजक आशिष पुरुषले संस्थाको गतीबिधीको बारेमा कार्यक्रमको औपचारिक सुरुवात अघीनै प्रकाश पार्दै औपचारिक रुपमा कार्यक्रम सन्चालन गर्न अतिथी एवम पत्रकार उमाकान्त पाण्डे गाउले लाई माइक हस्तान्तरण गरेका थिए। आफ्नो आवाज बाट साहित्यिक एवम मनोरन्जनात्मक ढगं बाट कार्यक्रम सन्चालन गर्न माहिर मानिने गाउलेको उद्घोघोषण लाई ख्याल गर्दै दर्शक हरु भरपूर्ण रुपमा आनन्द लिएको महसुश हुन्थ्यो।छिट्टै सार्वजनिक हुने तयारीमा रहेको बिलिभ एल्बमका लागि म्यूजिक भिडियोको सुटीङ सोही कार्यक्रमको हल भित्रै पनि गरिएको थियो।क्यामेरा म्यान केशु सुबेधी र आयोजक सँस्थाका उपाध्यक्ष धर्म मानन्धरले कार्यक्रमका छायाहरु क्यामेरामा कैद गर्न ब्यस्त थिए भने निर्देशनको भूमिका ग्रुपका उपसचिव अनुराग थपलियाले गरेका थिए जस्को निर्देशनलाई उपस्थित दर्शक तथा मोडलहरुले पनि निर्देशकको नियमलाई ईमान्दारीताका साथ पालना गरेका थिए।
संस्थाका अध्यक्ष भरत महतो कार्य ब्यस्तताले सो कार्यक्रममा उपस्थित हुन नसकेकोले सोही सँस्थाका कोषाध्यक्ष रमेश खड्काको सभापतित्व,अन्तराराष्ट्रिय नेपाली साहित्य समाज यूएई शाखाका अध्यक्ष समदर्शी काईलाको प्रमुख आतिथ्यता,नेपाल पत्रकार महासघंका केन्द्रीय  प्रतिनिधी मान बहादुर थापा,पत्रकार महासघं यूएई शाखाका सचिव अर्जुन दाहाल,नेपाली समाचार पाक्षिकका प्रधान सम्पादक लाल बहादुर ढेंगा मगर,समाजसेवी कृष्ण ढकाल,डिबी तामाङ,कलाकार,साहित्यकार, गरी बिभिन्न क्षेत्रमा आबद्द प्रतिनिधीहरु लगायत उलेख्य दर्शक हरुको आतिथ्यले कार्यक्रमको अबधीभर खचाखच देखिन्थ्यो।
तोकिएको समय भन्दा करीव आधा घण्टा पछी कार्यक्रमको सन्चालन गरिएकोले कलाकार लाई स्थान दिन आयोजक लाई मात्र होइन कार्यक्रमका संचालक लाई समेत हम्मे हम्मे परेको थियो।
 कार्यक्रमको सुरुमा नेपालको राष्ट्रिय गान उपस्थित सबैजनाले गाए पछी प्रतिभावान कलाकारहरु सन्तोष खाण, निरन सँगीत, मिना वाईवा, कविता राई,ज्ञान लामा, अनुराग थपलिया, ज्योती जिसी,रबिन  परिवार, छबिकिरण भट्टराई, प्रिया लामा, सोम थापा मगर, प्रेम लामा, राम बम्जन, ज्योती गुरुङ, धनराज सुन्धली, माईनस प्लस सँग्रौला,दीप शुब्बा, प्रिया लामा,कमल रेग्मी, श्री कुमार राई,,सदाकी, बसन्ती तामाङ लगाएतले आ-आफ्नो बेजोड कला पस्किएका थिए।
जसमा बसन्ती तामाङ,प्रिया तामाङ, कविता राई,अनुराग थपलिया र ज्योती जिसी,सन्तोष खाण, निरन सँगीत लगायत अधिकांस कलाकारहरुले दर्शकहरुको वा!वा!! बटुलेका छन्। २-३ गायक एक्लैले लगातार २-३ गीत प्रस्तुत गरेको कारण नचाहादा नचाहदै पनि अपुग समयले कलाकार राकेश,बिश्व, दिपेश लगायत लाई कला प्रस्तुत गर्न बाट बन्चित गरायो।
उता यूएईका लागि केही समय अघी देखी चर्चा कमाएकी गायिका चन्चला घिमिरे र भुवन थापा लगायत केही कलाकारले आ-आफ्नै ब्यस्तताले उपस्थित हुन नपाएर गल्ती गरेको फेसबुक मार्फत स्विकारेका छन्।
अपरान्ह चार बजे देखि रातको  आठ बजे सम्म बिसुद्द सागिंतिक माहौलमा सम्पन्न कार्यक्रमको अन्तमा आयोजकले प्रमुख अतिथी द्वारा कलाकारहरुलाई सहभागी भएर गरेको सहयोगको कदर गर्दै प्रसंसा पत्रले सम्मान गरेको थियो।

चार घण्टा लामो उक्त माघे सक्राति साँगीतिक सौगात कार्यक्रमको प्राबिधिक संयोजन धनेन्द्र मास्की राना मगरले गरेका थिए।